विश्वकै सुन्दर महिलाको सूचीमा दीपिका पादुकोण

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण सुन्दर महिला संसारको दश सबैभन्दा सुन्दर महिलाको सूचीमा नवौं स्थानमा पर्नुभएको छ ।

विश्वका दश सुन्दर महिलाको सूचीमा पर्ने दीपिका एक मात्रै भारतीय नागरिक हुनुहुन्छ । दीपिका नवौं सुन्दर महिलाको सूचीमा परिराख्दा हलिउड अभिनेत्री जोडी मेरी कोमर भने विश्वकै सबैभन्दा सुन्दर महिला घोषित हुनुभएको छ ।

अभिनेत्री जेन्डया र मोडेल बेला हदिद विश्वको सबैभन्दा सुन्दर महिलाको रूपमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल हुनुभयो ।

चौथौ स्थानमा बेयोन्स, पाँचौ स्थानमा एरियाना ग्रान्डे, छैठौं स्थानमा टेलर स्विफ्ट, सातौं स्थानमा जोर्डन डन, आठौं स्थानमा किम कार्दशियन, नवौं स्थानमा दीपिका पादुकोण र दशौं स्थानमा होयोन जंग पर्नुभएको छ ।

सुन्दरताको मापन गर्न ‘गोल्डेन रेसियो अफ ब्युटी’ भनिने पुरानो ग्रीक प्रविधि प्रयोग गरिएको हो । प्रतिवेदनका अनुसार ‘गोल्डेन रेसियो अफ ब्युटी’ जसलाई फी पनि भनिन्छ, एक गणितीय विधि हो, जसमा शारीरिक पूर्णता निर्धारण गर्नका लागि सूत्रहरू प्रयोग गरिन्छ ।

विवरण अनुसार बेलायती प्लास्टिक सर्जन डा.जुलियन डे सिल्भाले अनुहारको तत्व र बनावट बराबर भएको पाइएकाले अभिनेत्री कोमरलाई विश्वकै सुन्दर महिला घोषित गरिएको बताउनुभयो ।

Previous articleसंगीता अधिकारीले दिलाईन लुम्बिनी प्रदेशलाई पहिलो स्वर्ण
Next articleजनमतको आयोजनामा ५६ जनाद्वारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here