
काठमाडौ । गायक एंव संगीतकार कर्साङ लामाको चुनाव लक्षित गीत कमिसनु बजारमा आएको छ । गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत आइतबार सार्वाजानिक गरिएको हो ।
गायिका सुस्मिता स्याङ्तान र उनै गायक एंव संगीतकार कर्साङ लामाको आवाज रहेको गीतलाई विवेक लोप्चनले लेख्नुभएको छ । जेम्स जिम्बाको र्याप कम्पोज गरेको गीतलाई कर्साङ लामाले नै संगीत संयोजन र मिक्सिङ गर्नुभएको हो ।
पछिल्लो समय निकै चर्चा बटुलिरहनुभएका र्यापर निमा लामाको र्याप रहेको गीतमा निर्वाचनमा हाम्रोलाई भन्दा राम्रोलाई छान्नु पर्ने सन्देश छ ।
तामाङ चलचित्र जगतका महानायक अमिर दोङ तामाङले निर्देशन, त्रिलोक लामाले छायांकन र राजु लामाले सम्पादन र कलर गर्नुभएको छ । भिडियोमा यग्य मोक्तान र अशिम लोप्चन तामाङलाई पनि देख्न सकिन्छ ।





