जेसीज सप्ताह शुरू : आईतबार बृक्षाराेपण, साेमबार रक्तदान

बाँके । नेपालगन्ज जेसीजको जेसीज सप्ताह-२०२० शुरू भएकाे छ ।

सप्ताहकाे पहिलाे दिन आईतबार बृक्षाराेपण कार्यक्रम गरेर उद्घाटन गरिएकाे हाे ।

गडरियनपुरमा रहेकाे मन्दिरमा गरिएकाे बृक्षाराेपण कार्यक्रमलाई नेपालगन्ज वडा-१० का अध्यक्ष बिन्दु भूषण बस्नेत, मन्दिर कोषाध्यक्ष अर्जुन श्रेष्ठ र नेपालगन्ज जेसीजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठले सामुहिक रूपमा उद्घाटन गर्नुभएकाे थियाे ।

कार्यक्रममा जुनियर जेसिज अध्यक्ष बिमला श्रेष्ठ, नेपालगन्ज जेसीजका पुर्ब अध्यक्षहरू आनन्द बहादुर कर्माचार्य, सुनिल कुमार गुप्ता, बिकास कर्मचार्य, निवर्तमान अध्यक्ष रत्नकाजी शाक्य, सप्ताह कार्यक्रमका मुल संयोजक प्रकाश कुंवर, बृक्षाराेपण संयोजक रिया श्रेष्ठ लगायत सामाजिक अभियन्ताहरुको उपस्थित रहेको महासचिव माधव प्रसाद बेल्बासेले जानकारी दिनुभयाे ।

सप्ताह अन्तर्गत दाेस्राे दिन साेमाबार रक्तदान कार्यक्रम आयाेजना गरिएकाे छ । साेमबार बिहान ८ बजेदेखि रक्तदान भेरी अस्पताल परिसरमा रहेकाे रक्तसञ्चार स्राेत केन्द्रमा रक्तदान कार्यक्रम हुनेछ ।

Previous articleउपमहानरपालिकालाई साढे तीन लाखको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
Next articleबाँकेमा थप एक संक्रमितको मृत्यु, मृतकको संख्या ७ पुग्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here