नयाँ व्यवस्थापनका साथ नेपालगञ्जमा लाहुरे रेष्टुरेन्ट एण्ड बार संचालन

नेपालगञ्ज । नयाँ व्यवस्थापनका साथ नेपालगञ्ज बजारमा अर्को रेष्टुरेन्ट एण्ड बार संचालनमा आएको छ ।

नेपालगञ्ज मेडिकल कलेज नजिकै सुर्खेतरोडस्थित औधोगिक क्षेत्रको प्रवेशद्धारसंगैको व्यापारिक भवनमा ‘लाहुरे रेष्टुरेन्ट एण्ड बार’ सोमबारदेखि संचालनमा आएको हो ।

रेष्टुरेन्टलाई नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले उद्घाटन गर्नुभएको थियो । रेष्टुरेन्टले बाँकेको अर्को ठुलो बजारका रुपमा रहेको कोहलपुरमा बिगत एक वर्षदेखि सेवा दिँदै आएको छ ।

संचालक इन्डियन आर्मी भएकाले रेष्टुरेन्टको नाम लाहुरे राखिएको हो । कोहलपुर क्षेत्रका ग्राहकलाई सेवा प्रदानसंगै अब नेपालगञ्जमा समेत सेवा प्रदान गरिने संचालक प्रेम शाहीले जानकारी दिनुभयो ।

संचालकले ‘लाहुरे ट्रेनिङ सेन्टर’ पनि संचालन गर्नुभएको छ । बारमा कफिदेखि थकाली खाना समेत उपलब्ध हुने जनाइएको छ । पछिल्लो समय नेपालगञ्जमा नयाँ डेकोरेशनका साथ रेष्टुरेन्ट एण्ड बार खुल्ने क्रम बढ्दो छ ।

Previous articleआम निर्वाचनमा बालबालिकासम्बन्धी आचारसंहिता उल्लंघनका २१८ घटना
Next articleअशोक भट्ट बने मिस्टर नेपालगञ्ज सिजन-३ को बिजेता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here