
नेपालगञ्ज । ओन क्रियशनको आयोजनामा मिस्टर नेपालगञ्ज सिजन-३ (संस्करण तीन) समपन्न भएको छ । जय शम्भु फर्निचर एण्ड होम डेकोरको मुख्य प्रायोजनमा भएको ब्युटी पेजेन्टमा विनर अशोक भट्ट बिजेता बन्न सफल हुनुभएको छ ।
यस्तै प्रतियोगितामा रामकृष्ण तिमिल्सिना फस्ट रनरप, अंकुश बम ठकुरी सेकेण्ड रनरप बन्न सफल हुनुभएको छ । बिजेताहरुलाइ स्किन क्यर सेन्टर नेपालगञ्जले हाइड्रा फेशियल, विनरलाई एक्स्फोर्ट एजिकेशनबाट आइल्स पिटि क्लास फ्री, सारदा एजुकेशनल पार्क जापानी भाषा र भिषा प्रोसेस फ्री पाएका छन् ।
अडिसन राउन्डमा सहभागि १५ जनामध्ये फाइनल राउन्डमा ८ जना सहभागीले र्याम्पमा क्याटवाक गर्दा मेरो पलानेटको हलभित्र रहेका दर्शक निकै उत्साही थिए ।
प्रतियोगिताको मुख्य निर्णायकमा पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह (महारानी), निभा श्रेष्ठ, मिस्टर नेपालगञ्ज पहिलो संस्करणका बिजेता सुभाष खडका, भरत बिस्ट, ट्रान्स जेन्डर महिला ब्युउटी नेपालको विनर अनु अनमोल क्षेत्री रहनुभएको थियो ।
नेपालगञ्ज उधोग बाणिज्य संघका महासचिव चिरिन्जिबी वलीको प्रमुख आथित्यतामा भएको प्रतियोगिताको ड्रेसलाई निभाले डिजाईन गरेको ओन क्रियशनकी प्रमुख प्रेमा वलीले जनकारी दिनुभयो ।








