
नेपालगंज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको दातृ निकायबाट मंगलवार अनुगमन भएको छ ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको समन्वयमा नेरेसो बाँके शाखा मार्फत नरैनापुर र जानकी गाउँपालिकामा उक्त कार्यक्रम संचालन भई रहेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ बिरुद्घको खोप सबैको पहुँचमा हुने गरी गुणस्तरीय, सुरक्षित र सर्वसुलभ रुपमा प्रदानमा समन्वय गर्ने र कोभिडको कारण उत्पन्न हुनसक्ने मनोसामाजिक र मानसिक स्वास्थ्य समस्यालाई कम गर्न नेपाल रेडक्रसका स्वयंसेवक परिचालन गर्ने रहेको छ ।
उक्त परियोजनाद्वारा सम्पन्न भएका गतिविधिहरुको उपलब्धीको बारेमा अन्तरक्रिया तथा प्रस्तुतीकरण भएको थियो । परियोजनाले लिएको लक्ष्य प्राप्तीका लागि नेरेसो केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म सेवा प्रवाहका सम्बन्धमा सेवाग्राहीसंग छलफल र अन्तरक्रिया समेत गरिएको थियो ।
छलफलका क्रममा कोभिड १९ खोप लगाउनका लागि समुदायसम्म भएको पहल र त्यसबाट खोप लगाउने व्यक्तिको संख्यामा उल्लेख मात्रमा बृद्धि भएको कुरा स्वास्थ्य चौकीका इन्र्चाजहरुले बताएका थिए । यस कार्यक्रमले कोभिड‐१९ रोकथाम र खोप अभियानमा राम्रो सहयोग भएको र आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएको थियो ।
अनुगमन र अन्तरक्रिया कार्यक्रममा USAID/BUREAU FOR HUMANITARIAN ASSISTANCE (BHA), Mary Jackman, Travis Betz, Santosh Gyawali, IFRC का Herve Gazeau, अमेरिकन रेडक्रसका हरिबहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक उमेश ढाकाल, नेरेसो लुम्बिनी प्रदेशका महासचिव नवराज ढुगाना लगायत प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेरेसो बाँके शाखामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके सभापति गोवर्धन सिंह सम्झना, उपसभापति शान्ति श्रेष्ठ, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, उपनिर्देशक दोलखबहादुर डाँगी, गंगापुर उपशाखाका सभापति विक्रम प्रसाद वर्मा, जानकी उपशाखाका कोषाध्यक्ष मुनिर अहमद खान लगायत स्वयंसेवक र कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।
यसैगरी स्वास्थ्य कार्यालय बाँकेका नरेशबाबु श्रेष्ठ, नरैनापुर स्वास्थ्य शाखा प्रमुख नागेन्द्र शाह, गंगापुर स्वास्थ्य चौकी प्रमुख भरत गोराथोकी, इन्द्रपुर स्वास्थ्य चौकीका चन्द्रावती रोकाया लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको उपलब्धीहरुको बारेमा नेरेसो लुम्बिनी प्रदेशकी कार्यक्रम कोर्डिनेटर समिक्षा गुरुङ र नेरेसो बाँके शाखाका कार्यक्रम अधिकृत (फोकल पर्सन) प्रहलाद विश्वकर्माले प्रस्तुतीकरण गर्नु भएको थियो ।





