नरैनापुर क्षेत्रको विद्युत समस्या बारे संवाद

नेपालगञ्ज । बाँके नरैनापुर क्षेत्रको विद्युत समस्या बारे चासो राख्दै संवाद समूह बाँकेले आवश्यक पहल गरेको छ ।

विद्युत विस्तारीकरणमा यस अघि संवाद सहजीकरण गरेको संवाद समूहले सोमबार नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रसँग विद्युत सेवा प्रवाह बारे पहलकदमी लिएको हो ।

नरैनापुर–५ मटेहीयामा रहेको विद्युत नो लाइटमा दक्ष र मिटर रिडीङ कर्मचारीको अभाव, समयमै र नियमित विद्युत महशुल बुझाउन नपाएको र एकमुष्ट जरिवाना असुली हुने गरेको लगायतका समस्या देखीएपछि समूहको टोलीले नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलको ध्यानाकर्षण गराएको हो ।

विद्युत महसुल एक दिन मात्रै लिने गरेकोमा अब दुई दिन लिने बातावरण बनाइने प्रतिवद्धता व्यक्त गर्दै प्रमुख प्याकुरेलले कर्मचारीको अभाव परपुर्ती गर्ने र नियमित मिटर रिडिङ गर्ने व्यवस्था मिलाउने विश्वास दिलाउनु भयो ।

टोलीमा समुहका सहजकर्ता शुक्रऋषि चौलागाई, सह संयोजक अञ्जली थापा, सदस्यद्धय लक्ष्मी तिवारी र मकबुल मुकेरी लगायतको सहभागिता रहेको थियो ।

Previous articleबाँके र बर्दियालाई विकासको मूल प्रवाहमा जोड्ने : राठौर
Next articleनेपालगञ्जको तेलियनपुर ‘पूर्ण सरसफाई उन्मुख टोल’ घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here