नरैनापुरका अध्यक्ष शाहद्वारा विभिन्न व्यक्तित्वसंग भेटघाट, रोड निर्माण गर्ने अर्थ मन्त्रीको प्रतिबद्धता

बुटवल । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण ध्वज खड्कबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री कार्यालय भालुवाङमा भएको भेटमा नरैनापुर गाँउपालिकाको विकास, सुशासन, सेवा प्रवाह र सन्तानेश्वर मन्दीको विषयमा छलफल भएको थियो ।

यस्तै भेटमा मन्त्री केसीले लुम्बिनी प्रदेश सरकार नरैनापुर गाँउपालिकाको विकासका लागि नयाँ सरकार गठन पूर्व नै केही महत्वपूर्ण योजना सुरु गर्ने प्रतिबद्धता व्यक्ति गर्नु भएको थियो ।

यसैगरी अर्थ मन्त्री खडकले अध्यक्ष शाह संगको भेटमा नरैनापुर सबै भन्दा पछाडि परेको पालिका भएकोले नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातका लागि सरकारले विशेष व्याकेज ल्याउन जरुरी रहेको बताउनु भएको थियो ।नरैनापुर गाँउपालिका अध्यक्ष शाहले अर्थ मन्त्री खड्का संग हुलाकी सडक देखि रोसन पूर्वा सम्मको रोड र मटेहिया देखि सोनपूर्वा सम्मको रोड निर्माणका लागि बजेट माग गर्नु भएको थियो ।

अर्थ मन्त्री खड्काले तत्काल दुई रोड मध्य एक रोड निमार्णका लागि बजेट दिने अश्वासन दिनु भएको थियो । मन्त्री खडकले मन्त्रालयका सचिव नेत्र सुबेदीलाई नरैनापुरको रोड निमार्णका लागि माग भएको रकम व्यवस्थापन गर्न निर्देशन दिए संगै सचिव सुबेदीले मटेहिया देखि सोनपूर्वा सम्मको रोड निर्माणका लागि चाहिने बजेट एक साताभित्रै पठाउने बताउनु भएको थियो ।

अध्यक्ष संगै मन्त्रीलाई भेटन बाँके क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुरका लेखापाल प्रकाश अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Previous articleस्वास्थ्य संस्थाको वास सुधारका लागि प्रमुख तथा संचालकबीच छलफल
Next articleनेपालगञ्जबाट उडेको कार्गो जहाजमा चरा ठोक्कियाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here