नेपालगञ्जबाट उडेको कार्गो जहाजमा चरा ठोक्कियाे

हुम्ला । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो ।

अदानचुली गाउँपालिकाको मुने लेक नजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् ।

दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडि पट्टिको भागमा क्षति भएको छ । जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरेका छन् । जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीन जना रहेका थिए ।

Previous articleनरैनापुरका अध्यक्ष शाहद्वारा विभिन्न व्यक्तित्वसंग भेटघाट, रोड निर्माण गर्ने अर्थ मन्त्रीको प्रतिबद्धता
Next article६५ लाख रूपैया बराबरको स्मेकसहित रूपैडिहाबाट नेपालगन्जका एक व्यक्ति पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here