
सन्ताेष कुमार शुक्ला
रूपैडिहा । नेपालगन्ज सीमासंगै जाेडिएकाे भारतीय बजार रूपैडिहामा ६५ लाख रूपैया बराबरकाे लागू औषध स्मेकसहित एक नेपाली पक्राउ परेका छन् ।
आदर्श थाना रुपईडीहा जनपदका अनुसार आज राती (मंगलबार राती) १ बजेकाे समयमा स्टेशन राेड रूपैडिहाबाट ६५ लाख रूपैया बराबरकाे १३२ ग्राम स्मेकसहित नेपालगन्ज वडा न-१९ बसुदेवपुरका सागर भन्ने व्यक्ति पक्राउ परेका हुन् ।
जनपद बहराईचले संचालन गरेकाे अपराध एवं अपराधी राेकथाम अभियान अन्तर्गत मंगलबार राती गस्तीमा रहेकाे टाेलीले समेकसहित सागरलाई पक्राउ गरेकाे जनाएको छ ।
रूपैडिहा थाना प्रभारी निरीक्षक श्रीधर पाठककाे नेतृत्वमा वरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिंहसहितकाे गस्ती टाेलीले रेलवे मालगाेदाम राेडबाट शंका लागेर चेकजाँच गर्दा सागरकाे पकेटबाट उक्त स्मेक फेला परेकाे थियाे ।
पक्राउ परेका सागरले दिएकाे बयानका आधारमा नाम र ठेगानकाे भारतीय प्रहरीले पहिचान गरेकाे छ । सागरसंग पहिचान खुल्ने कुनै प्रकारकाे कागजात नभेटिएकाे पनि बताएको छ । उनीबिरूद्व रूपैडिहा थानामा मुद्दा दर्ता गरि बुद्वबार अदालत पठाएईकाे भारतीय प्रहीले जनाएको छ ।





