कोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडि बढ्ने : सासंद केसी

काेहलपुर । बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) ले कोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउनुभएकाे छ ।

कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य लगायतका जनप्रतिनिधिसँग भएको भेटमा उहाँले विकास निर्माणका काममा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएकाे हाे ।

कोहलपुर आफ्नो निर्वाचन क्षेत्रमा नपर्ने भएपनि यहाँको विकास र समृद्धिका लागि आफूले सक्दो सहयोग गर्ने सांसद नमुनाले बताउनुभयाे ।

‘कोहलपुरका धेरै योजनाका लागि अघिल्लो कार्यकालमा समेत धेरै बजेट आएका छन्,’ उहाँले भन्नुभयाे, ‘दोस्रोपटक समेत यो क्षेत्रबाट म निर्वाचित नभए पनि कोहलपुरको विकासमा मैले सक्दो योगदान गर्छु ।’

कोहलपुर नगरपालिकासँग विकासका लागि सहकार्य र समन्वय गरेर आफू अगाडि बढ्ने प्रदेश सांसद नमुनाले दाबी गर्नुभयाे ।

‘यो क्षेत्र मेरो निर्वाचन क्षेत्र नभए पनि यहाँको विकास समृद्धि गर्ने कुरामा म पछि हट्ने छैन,’ उहाँले अगाडि थप्नुभयाे, ‘स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर प्रदेश सरकारबाट योजनाहरु पार्न भूमिका खेल्छुँ ।’

मेयर आचार्य र नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष दिपेन्द्र चौधरीले नवनिर्वाचित सांसद नमुनालाई खादा लगाएर नगरपालिकामा स्वागत गर्नुभयाे ।

उहाँहरुले सांसद नमुनालाई कोहलपुरमा प्रदेश सरकारबाट विभिन्न विकास निर्माणका योजना पार्नको लागि भूमिका खेल्न आग्रह गर्नुभएकाे थियाे ।

Previous articleआपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना मस्यौदामाथि छलफल
Next articleपछिल्लाे वर्षयता जङ्गली हात्तीको आक्रमण बढ्दो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here