सकारात्मक सोच र तनाव व्यवस्थापन

नेपालगन्ज । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्वन्धी एकदिने अभिमुखीकरण नेपालगन्जमा गरिएको छ ।

विशेष गरि बजेट तथा योजना संचालन तथा कामको दौरानमा निकै तनावपुर्ण अवस्थामा रहने जनप्रतिनिधिहरुका लागि तनाव व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले अभिमुखीकरण गरिएको हो । प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश नेपालगन्जले उक्त अभिमुखीकरण गरेको हो ।

नेपालका चर्चित जिवन प्रशिक्षक विज्ञ नरबहादुर कार्कीले अभिमुखीकरणमा सकारात्मक सोचको विकास र जीवनलाई कसरी तनावपुर्ण बनाउने लगायतका बारेमा प्रशिक्षण दिनुभएको छ ।

अभिमुखीकरणमा बाँके जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, कार्यालय तथा प्रमख प्रशासकिय अधिकृत, सेवाकालिन तालिमका कर्मचारीहरुको सहभागिता रहेको प्रदेश सुशसान केन्द्रका कार्यकारी निर्देशक कमानसिंह थापाले बताउनुभयो ।

उहाँले यो अभिमुखीकरण जनप्रतिनिधि र कर्मचारीहरु कार्यालयको काममा निकै व्यस्त हनुपर्ने अवस्थामा तनावपुर्ण जिवनलाई सकारात्मक सोचतर्फ विकास गरी तनावमुक्त बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Previous articleचलचित्र ‘महापुरुष’ ५१ औं दिनमा प्रवेश, बागेश्वरीमा केक उत्सव
Next articleआफ्ना समस्या सम्बोधन गरिदिन स्वास्थ्यकर्मीको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here