
नेपालगञ्ज । अछामी सेवा समाज बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बिहीबार एक कार्यक्रमकाबीच प्रमाण पत्र तथा पदभार ग्रहण गराइएको हो ।
यही पुष २ गते शनिबार सम्पन्न समाजको सातौं वार्षिक साधारणसभाले पुष्कर बहादुर खडकाको अध्यक्षमा १६ सदस्यीय निर्विरोध कार्यसमिति चयन गरेको थियो । निर्वाचित कार्यसमितिको उपाधयक्षत्रयमा सरस्वती बुढा, बिष्णु बहादुर बोगटी, जानकी देवकोटा, सचिवमा भुपालमान बिष्ट, सहसचिवमा शेर बहादुर बोहरा, कोषाध्यक्षमा हर्क बहादुर बोहरा र सहकोषाध्यक्षमा हिरेन्द्र बहादुर खड्का चयन हुनुभएको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा क्रमश : लालसिंह भण्डारी, ललित बहादुर कडायत, गोविन्द बहादुर बिष्ट, तारामान कुवँर, कृष्ण कुवँर, नरेन्द्र नेपाली, महिला सदस्य तर्फ द्राेपती विष्ट रावल र रुपाली धामी निर्वाचित हुनुभएको हो ।





