बैजनाथमा जारी प्रथम उपप्रमुख कप प्रतियोगितामा प्रभात माबिको बर्चश्व बढ्दै

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकामा जारी प्रथम उपप्रमुख कप अन्तर माध्यमिक बिद्यालय खेलकुद प्रतियोगितामा दोस्रो दिन भएको खेलमध्ये लङ्गजम्पतर्फ दिपज्योती माध्यमिक बिद्यालय चिसापानीका छात्र राजेन्द्र परियार प्थम, हिमालय बिद्या निकेतन जि गाउँका मनिष बिसि द्धित्तिय र सम्झना आधारभुत बिद्यालय सम्झनाका डेबिट बि कले तृतिय स्थान हासिल गर्नुभएको छ ।

छात्रातर्फ प्रभात नमुना माध्यमिक बिद्यालय जि गाउँकी सीता कामी प्रथम, रारा आधारभुत बिद्यालय गाभरकी निशा बस्नेत द्धितिय र भेरी फ्युचर ई.मि.हाई स्कुल बनकटवाकी सम्झना कामी तृतीय स्थान हासिल गर्नुभएको छ ।

छात्रतर्फ बिहीवार नै भएको १०० मिटर दौडमा आधारभुत बिद्यालयतर्फ जनता आदर्श माध्यमिक बिद्यालय डिगियाका राजेश बि सि प्रथम, दिपज्योती माध्यमिक बिद्यालय चिसापानीका राज कुमार बम द्धितिय र नोबेल ई मि स्कुलका प्रबेश थापा तृतीय स्थान हासिल गर्न सफल हुनुभयो ।

छात्रा १०० मिटर दोडतर्फ प्रभात नमूना माध्यमिक बिद्यालय जि गाउँकी सीता कामी प्रथम, रारा आधारभुत बिद्यालय गाभरका निशा बस्नेत द्धितिय र हिमालय बिद्या निकेतन जि गाउँका जेनिशा बस्नेत तृतीय स्थान हासिल गर्नुभयो ।

यस्तै १५०० मिटर दौडमा माध्यमिक बिद्यालय छात्रतर्फ प्रभात नमूना माध्यमिक बिद्यालय जि गाउँका प्रेम बहादुर रम्तेल प्रथम, नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय ओरीलालपुरका भरत सुनार द्धितिय र बागेश्वरी माध्यमिक बिद्यालय गाभरका सरद बुढा तृतीय स्थान ल्याउन सफल हुनुभयो ।

छात्रा १५०० मिटर दौडमा माध्यमिक बिद्यालयतर्फ नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय नौवस्ताका उमा कुमारी क्षेत्री प्रथम, जनता आदर्श माध्यमिक बिद्यालय डिगियाका बिनिता बस्नेत द्धितिय र सुर्योदय माध्यमिक बिद्यालय चिसापानीका कृतिका बिक तृतीय स्थान हासिल गर्नुभयो ।

प्रतियोगितामा बैजनाथ गाउँपालिकाका कुल ४४ बिद्यालयको सहभागिता रहेको छ ।

Previous articleअछामी सेवा समाज बाँकेको नवनिर्वाचित कार्यसमितिद्वरा पदभार ग्रहण
Next articleनरैनापुरको आदर्शका ५४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here