पुस्तकालय गएर पढ्ने उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार

टीकापुर । कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ ।

महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणा अनुसार मंसिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ ।

चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले बताउनुभयो ।

‘हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ । पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ,’ उहाँले भन्नुभयो । भट्टराईले पुस्तकालय र समूहको सहकार्यमा आगामी एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने बताउनुभयो ।

यस महिनाको पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको हो । पुस्तकालयमा आयोजित एक कार्यक्रममा चौधरीलाई टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्तरुपमा पुरस्कार उपलब्ध गराउनुभयो । रासस

Previous articleकोरोनाको जोखिम बढ्न सक्ने भन्दै मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्राह
Next articleकर्मचारीलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न आधिकारिक ट्रेड युनियन बाँकेकाे माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here