
नेपालगञ्ज । नेपालगञ्ज जेसिज वर्ष २०२२ का अध्यक्ष चिरन्जिवी शर्मा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
बिरगंजमा शनिबार सम्पन्न नेपाल जेसिजको ४९ औं केन्द्रीय अधिवेशनबाट वर्ष २०२३ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा नेपालगञ्ज जेसिजका अध्यक्ष शर्मा निर्वाचित हुनुभएको हो ।
अधिवेशनमा शर्माले ८८४ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा काभ्रे जेसिजका बिकास मानन्धर निर्वाचित हुनुभएको छ ।
अध्यक्ष पदका लागि चार जनाबीच भएको प्रतिस्पर्धामा मानन्धरले सबैभन्दा बढि ५९५ मत प्राप्त गर्नुभएको नेपालगञ्ज जेसिज वर्ष २०२२ का कार्यकारी उपाध्यक्ष आदित्य गुप्ताले जानकारी दिनुभयो ।





