विकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि खत्रीको पहल

नेपालगञ्ज । लुम्बिनी प्रदेशसभाका सांसद रत्न खत्रीले निर्वाचनको समयमा गरिएका विकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि पहल अघि बढाउनुभएको छ ।

नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर ३(१) का निर्वाचित सांसद खत्री बुधबार पूर्वाधार विकास कार्यालय नेपालगञ्जका प्रमुख गोविन्द महतारासहित बैजनाथ गाउँपालिकाका विभिन्न वडामा पुग्नुभएको छ ।

सांसदमा निर्वाचित भएपछि खत्री पहिलो पटक सम्वद्ध कार्यालयका प्रमुखसहित निर्वाचन क्षेत्रमा पुग्नुभएको हो । खत्रीले वडा नम्बर १, २, ३, ४, ५ र ७ का विभिन्न स्थानमा तत्काल गर्न सकिने सडक तथा पक्की पुल निर्माणको बारेमा स्थलगत अनूगमन गरि जानकारी लिनुभएको हो । सांसद खत्रीको अनुरोधका आधारमा पूर्वाधार विकास कार्यालयले सडक तथा पुल निर्माणका लागि तत्कालै डिपिआर बनाउने भएको छ ।

सो अवसरमा प्रदेश सांसद खत्री र कार्यालय प्रमुख महतारालाई एमाले नेता तथा निवर्तमान गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल, पुर्व वडाअध्यक्ष मानबहादुर खत्रीले तत्काल गनुपर्ने सडक र पुलको विषयमा अवगत गराउनुभएको थियो ।

यसैगरी खत्रीले खजुरा गाउँपालिका वडा नम्बर ४ को ईगाउँदेखि बैजनाथको वडा नम्बर ७ पेडारी जोड्ने सडकको निर्माण अवस्थाबारे जानकारी लिनुभएको छ । खत्रीले प्रदेशको गौरबको योजना रहेको यो सडकका लागि बजेट ब्यवस्थापन गरि तत्कालै कालोपत्रेको रुपमा निर्माण कार्य अघि बढाउन पहल गर्ने बताउनुभयो ।

सडक तथा अन्य पूर्वाधार विकासबारे निर्वाचनको समयमा गरिएका प्रतिवद्धता पुरा गर्नका लागि आफुले अहिलेदेखि नै प्रयास थालेको खत्रीको भनाई छ । उहाँले नयाँ सरकार गठन भएपछि वजेट ब्यवस्थापन गरि काम सुरु गर्नका लागि पहल गर्ने बताउनुभयो ।

Previous articleल्याण्डफिल साइटका सरसफाईकर्मीहरुलाई सुरक्षा सामग्री प्रदान
Next articleडुडुवा-३ का वडाअध्यक्ष तिवारीलाई मातृ शाेक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here