महामारीका समय उत्कृष्ट कार्य गर्ने चार जना अधिकृत सम्मानित

नेपालगञ्ज । जिल्ला बिपद व्यवस्थापन समिति बाँकेले कोभिड-१९ को महामारीका बेला उत्कृष्ट कार्य गर्ने चार जनालाई सम्मानित गरेको छ ।

जिल्लामा कोभिड-१९ महामारीको उपचार, रोकथाम, नियन्त्रण, खोप तथा सूचना व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चार जनालाई समितिले सोमबार सम्मानित गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक सूर्य बहादुर खत्रीले बिपद व्यवस्थापन समितिका फोकल पर्सन राम कुमार सोनखर, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञावलाी र जिल्ला कोभिड-१९ व्यवास्थापन समितिका फोकल पर्सन तेज वलीलाई सम्मानित गर्नुभएको छ ।

‘आफुहरुको कामको मुल्याँकन हुँदोरहेछ,’ अधिकृत ज्ञवालीले भन्नुभयो, ‘सम्मानले आफ्नो जिम्मेवारी निर्वाह गर्न थप सक्रियताका साथ लाग्न प्रेरित गर्ने काम गर्छ ।’

Previous articleशीतहलरबाट हुने क्षति रोक्ने गरी तयारी गर्न गृहमन्त्री लामिछानेको निर्देशन
Next articleखजुरामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here