
नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिकाका सम्पूर्ण बिद्यालयहरूमा तीन दिनका लागि सार्वजनिक बिदा गरिएकाे छ ।
बाँकेमा साेमबारदेखि चिसाे बढेपछि खजुराका सम्पूर्ण बिद्यालयहरूलाई बुधबारदेख तीन दिनका लागि बन्द गरिएकाे हाे ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिले मंगलबार एक बिज्ञप्ती जारी गर्दै चसाेका कारण बिदा दिईएकाे जनाईएकाे छ ।
‘बदलिदो मौसमले अध्यधिक चिसो हुँदा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरि सामुदायिक विद्यालयहरू र निजी विद्यालयहरूमा मिति २०७८ २० देखि २०७८ ।८।२३ गतेसम्म पठन पाठन नगरि विद्यालय बन्द राख्न खजुरा गाउँपालिकाका सबै विद्यालयहरूलाई आदेशानुसार जानकारी गराइन्छ ।’ बिज्ञप्तिमा उल्लेख छ ।





