नरैनापुरको महतिनियामा आठ कोठे बिद्यालय भवनको शिलान्यास

नरैनापुर । नरैनापुर गाँउपालिका वडा १ को महतिनियामा संचालित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा आठ कोठे भवनको सिलान्यास गरिएको छ । भवनको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह र प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना)ले मंगलबार औपचारिक रुपमा शिलान्यास गर्नु भएको हो ।

प्रदेश सभा सदस्य नमूनाले नरैनापुरमा रहेका जिर्ण विद्यालयहरुलाई भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न बनाउनतर्फ लाग्न आग्रह गर्दै विद्यालयलाई वास्तविक नमूना विद्यालय बनाउन शिक्षक, अभिभावक, विद्यार्थी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष शाहले शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा गाँउपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने जिकिर गर्नुभयो । साथै नरैनापुरलाई पर्यटकीय स्थल बनाउने गरी गाँउपालिकाले काम गरिरहेको उहाँको भनाइ थियो ।

प्रदेश सरकार र गाउँपालिकाबाट गरी जम्मा तीन करोड लागतमा निमार्ण शुरु भएको भवन १८ महिनाभित्रै निमार्ण सम्पन्न गर्न गाँउपालिका अध्यक्ष शाहले निर्देशन दिनुभयो ।

बिद्यालयको हाल पठन पाठन भईरहेको भवन जिर्ण भएकाले प्रदेश सरकार र गाँउपालिकाको समपूरक अनुदानबाट आठ कोठे भवन र शौचालय बन्न लागेको नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा नरैनपुर गाँउपालिका १ का अध्यक्ष इशाक जोलाह, वडा सदस्य रियाज खाँ, योजना शाखा प्रमुख प्रकाश अधिकारी, इन्जिनियर प्रबिन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।यसैगरी नरैनापुर २ मा रहेको मदरसा सिराजिया इशरारुल उलुममा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । मदरसाका अध्यक्ष शैयद मुस्ताक अहमद शाहले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको थियो ।

मुस्लिम समुदायका विद्यार्थीको बाहुल्यता रहेको सो विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीहरुलाई एक÷एक थान पोशाक वितरण गरिएको थियो । नरैनापुर गाँउपालिका अध्यक्ष शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारु लगायतको सहभागिता रहेको थियो ।

Previous articleनरैनापुरका सय घरधुरिको माटो परिक्षण
Next articleबैजनाथ थारुको जीवनीमा बृत्तचित्र निर्माण गरिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here