बैजनाथ थारुको जीवनीमा बृत्तचित्र निर्माण गरिँदै

बैजनाथ । किसान नेता बैजनाथ थारुले समाजका दिएको योगदानको बारेमा चर्चा गरिएको छ । सदैब समाजका लागि लडिरहने किसान नेता बैजनाथको योगदानका बिषयमा मंगलबार सरोकारवालाबीच छलफल गरिएको हो ।

छलफलमा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहले भूमिहीन गरिब किसानकाे मुक्तिका लागि बैजनाथ थारुले दिएका सामाजिक योगदान अविस्मरणीय रहेको बताउनुभयो । समाजका लागि अहम भूमिका निभाए पनि बैजनाथ थारुको विषयमा बोल्ने कम रहेको पनि अध्यक्ष शाहले बताउनुभयो ।

गाउँपालिकाको सहयोग समन्वयमा मायारा प्रोडक्सनको आयोजनामा गरिएको कार्यक्रममा किसान नेता थारुको योगदानलाई जीवन्त राग्न तथा इतिहासका पानामा सजिलै हासिल गर्नका लागि सम्मान स्वरुप वृत्तचित्र बनाउनुपर्ने समेत अध्यक्ष शाहले बताउनुभयो ।

कार्यक्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, कार्यपालिका सदस्य, बैजनाथ १ का वडा अध्यक्ष रुपबहादुर मल्ल, २ को राजु रुचाल, ३ का निखिल बैगार, ४ का प्रेम शाही, ५ का देब बहादुर रावत, ६ का भुपाल पुन, ७ का दिनेश थारु, ८ का भग्गन थारु, गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत गंगाराम सापकोटा, सुचना अधिकृत तप्तराज पौडेल, योजना अधिकृत डोटी नेपाली, लेखा अधिकृत पूर्ण जैशी लगायत गाउँका अग्रज पुर्खाको उपस्तिथि थियो ।

बैजनाथ थारुको जीवनमा रहेर निर्माण गर्न लागिएको बृत्तचित्र निर्माणका लागि छलफल गरिएको हो । बृत्तचित्रको निर्देशन शेखर दहित र छायांकन रामु चौधरीले गर्नुभएको मायारा प्रोडक्सनकी प्रमुख श्रीदेवी थारुले जानकारी दिनुभयो ।

Previous articleनरैनापुरको महतिनियामा आठ कोठे बिद्यालय भवनको शिलान्यास
Next articleपहिलो टी-२० क्रिकेटमा घरेलु टोली भारतको रोमाञ्चक जित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here