खजुरामा पाँचौ अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता शुरू

खजुरा । बाँकेको खजुरामा पाँचौ अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । विहिबार एक समारोहका विच खजुरा गाउँपालिबका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालय डिगाउँ तथा खजुरा मिनि रङ्गशालामा प्रतियोगिता शुभारम्भ गरिएको हो ।

माघ ५ देखि १० गते सम्म सञ्चालन हुने मेयर रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्न लुम्बिनी प्रदेशका मन्त्रि कृष्णा केसि आउने कुरा भएपनि अन्तिम समयसम्म आउन नसक्ने खबर आएपछि गाउँपालिका अध्यक्ष तथा प्रतियोगिताका मुल संयोजक डम्बर बहादुर विकले प्रमुख अतिथिको नाम लिदै उद्घाटन गर्नुभयाे ।

उद्घाटन अघि नै छात्रहरुको कबड्डी र छात्राहरुको भलिबल प्रतियोगिता सुरु भैसकेको थियो । गाउँपालिकाका अध्यक्ष एवम मुल आयोजक समितिका संयोजक विकले उद्घाटन गर्दै प्रतियोगिता अवधिभर माध्यमिक तह कक्षा ९ देखि १२ आधारभूत तह कक्षा ६ देखि ८ र प्राथमिक तह कक्षा १ देखि ५ सम्मको लागि रनिङ्ग शिल्डका लागि प्रतिस्पर्धा हुने जानकारी दिनुभयाे ।

माध्यमिक तर्फ एथलेटिक्स भलिवल कपड्डी गरी जम्मा १५ इभेन्ट्स आधारभूत तह तर्फ ५ इभेन्टस र प्राथमिक तहमा ३ वटा एथलेटिक्स इभेन्टस्को प्रतिस्प्रधा गराइनेछ भने खुला चेस प्रतियोगिता मा छात्रा १ र छात्रा १ गरी हरेक विद्यालयबाट सहभागि गराउन सकिने ब्यवस्था गरिएको जनाउनुभयाे ।जम्मा २४ इभेन्टसमा प्रतियोगिता सञ्चालन हुने संयोजक विकले जानकारी दिनुभयाे । उदघाटन समाहरोलाई सम्बोधन गर्दै अध्यक्ष विकले युवा तथा खेलकुदको पहिचान र नयाँ खेलाडी छनोटको उदेश्यले प्रतियोगिता संचालन गरिएको बताउनुभयाे ।

समग्र खेलकुदको विकास गर्न खजुरा गाउँपालिकामा खेलकुद विकास समिति पनि निर्माण गरिएको बताउँदै अध्यक्ष विकले यसबाट खेलकुदको भौतिक संरचना संरक्षण गर्न हुने अपेक्षा व्यक्त गर्नुभयाे । खेलकुदका लागि भनेरै गाउँपालिकाले गत वर्षभन्दा यस वर्ष मेयर रनिङ्ग शिल्ड प्रतियोगिताका लागि दोब्बर बजेट विनियोजन गरिएको बताउनुभयाे ।

प्रतियोगितामा खजुरा गाउँपालिकामा रहेका ६६ विद्यालयहरुले भाग लिएका छन । प्रतियोगितामा ५० जना खेलाडि विद्यार्थिहरुको लागी विमा समेत गरिएको अध्यक्ष विकले बताउनुभयाे ।प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२ , आधारभूत तह र प्राथमिक तह कक्षा १ देखि ५ मा अध्ययनरत क्रमसः १८ वर्ष मुनिका १४ वर्ष र १२ मुनिका मुनिका सामुदायकि विद्यालय संस्थागत र मदरसा गरी ६६ विद्यालयका १३२० खेलाडीहरु सहभागि रहेको सचिवालय संयोजक तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी दिनुभयाे ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयहरुलाई माध्यमिक आधारभूत र प्राथमिक तह क्रमशः ३३ हजार रुपैया, २० हजार र १४ हजार नगद पुरस्कार प्रदान गरिने सचिवालय संयोजक मल्लले जनाउनुभयाे । प्रतियोगिताको शुभारम्भ समारोहमा विभिन्न झाकी, विद्यालयहरुका मार्च पास तथा सास्कृतिक कार्यक्रमहरु गरिएका थिए ।

Previous articleप्रतिनिधिसभा सदस्य राठौरद्वारा खजुरास्थित जनक शिक्षाकाे छापाखाना भवनको निरीक्षण
Next articleमहाेत्सवलाई मनाेरंञ्जनदेखि व्यापारीक थलाेका रूपमा बनाईने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here