
नेपालगञ्ज । नेपाल प्रेस युनियन लुम्बिनीको अध्यक्षमा सुदीप गौतम निर्वाचित हुनुभएको छ । दाङको घोराहीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट गौतम सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनबाट खुला उपाध्यक्ष जय सिंह केसी, महिला उपाध्यक्षमा सारदा मल्ल, समावेशी उपाध्यक्ष पहलमान घर्ती चयन हुनुभयो ।
यस्तै महासचिवमा नवीन गिरी, खुला सचिवमा सूर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेशी सचिवमा सम्सेर विक्रम जिसी र कोषाध्यक्ष सिपी खनाल चयन हुनुभएको हो ।
अधिवेशनबाट प्रकाश रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी, सुदिप भण्डारी, गौरव गिरी, विष्णु आचार्य, पारस भण्डारी, दिलीप खडका, प्रमोद आचार्य, रबीन सर्मा चापागाईँ, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई, ओमा कडेल, पूजा पन्थी, दुखहरण यादव, रवीन्द्र यादव, सुरेश परियार सदस्यमा चयन हुनुभयो ।
यसैगरी लेखा समिति संयोजकमा मुत्ती प्रसाद न्यौपाने र सदस्यमा इन्द्रजीत रेग्मी र प्रकाश घिमिरे चयन हुनुभएको छ ।






