
नेपालगन्ज । चौरसिया समाज नेपाल बाँकेले दोस्रो पटक आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा तीन महिलासहित ४६ जनाले रक्तदान गरेका छन् ।
कोहलपुर नगरपालिका वडा नंं.१४ हवलदापुरस्थित श्रीराम माध्यमिक बिद्यालयमा परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजका अध्यक्ष रमेश कुमार नाग, उपाध्यक्ष रामगोपाल तमोली, सचिव पप्पु कुमार तमोली, सह-सचिव बिनोद तमोली, सल्लाहकार मोतीलाल तमोली, महिला सदस्य अनिता तमोलीले प्राबिधिकलाई रगत संकलन गर्ने प्याकेट हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो ।
उहाँहरुले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटा, सन्दिप आचार्य र गोमा रावतलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा शैलेन्द्र कुमार गुभाजु, प्रकाश तमोली, शंकर तमोली, रामस्वरुप तमोली, बिष्णु कुमार तमोली, बिक्रम थापा, उदयराज भाँट, प्रमोद कुमार यादव, बनवारीलाल तमोली, बिशाल तमोली, प्रमोद कुमार तमोली, लफताब लोनिया, अशोककुमार तमोली, रामगोपाल तमोली, नौसाद अली साई, किशोर श्रेष्ठ, राम प्रवेश गडरिया, लिलराम गोल्जाली मगर, जीत बहादुर चौधरी, राज कुमार तमोली, अनुज बर्नवाल, रमेश तमोली, दिपेश तमोली, बन्शीलाल तमोली, दुर्गा बहादुर ऐडी, दिपक नाग, तीरथराम तमोली, दुर्गा प्रसाद बास्तोला, बिनोद कुमार तमोली, समाजका कोषाध्यक्ष दिनेश प्रासाद तमोली, सुरज थापामगर, बिष्णु थारु, सुजाता घले, राम किशोर तमोली, बीर बहादुर सुनार, कमलेश कुमार लखेर, पप्पु जायसवाल (तमोली), दिपक तमोली, बेद प्रकाश गुप्ता, डुडुवा गाउँपालिकाका सब इन्जिनियर जयराज बिष्ट, राम नारायण यादव, हुम बहादुर रानामगर, साजना गौतम, चन्द्र प्रकाश नाग, युवराज पौडेल, अनिल थापा लगायतले रक्तदान गर्नुभएको हो ।
कार्यक्रममा समाजका सदस्य बाउर तमोली, सल्लाहकार परशुराम नाग, महेन्द्र उच्च माध्यमिक बिद्यालयका पूर्वप्रधानाध्यापक पूरन चन्द तमोली, सदस्य श्रवण कुमार जायसवाल (तमोली), महिला सदस्य अनिता तमोली, शिरिष कुमार नाग, सदस्य कल्याण नाग, अस्थायी प्रहरी चौकी हलवदारपुरका प्रहरी सहायक निरीक्षक चिन्कु चौधरी लगायतको सहभागिता रहेको थियो ।





