बाजुरा केन्द्र भएर ५ रेक्टर स्केल बढीको भूकम्प, एक जनाको ज्यान गयो

नेपालगञ्ज । भूकम्पका कारण एक जनाको ज्यान गएको छ । दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका–२ की जमुना रोकायाको ज्यान गएको हो ।

गौमुल गाउँपालिका–१ मा एक जना स्थानीय घाइते भएका छन् । यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।यस्तै, बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको जानकारी प्राप्त भएको र थप विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिनुभयो ।

दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिक केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।

भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ ।

Previous articleसन्तानेश्वर जाने पर्यटकलाई स्वागत, नरैनापुरलाई पर्यटन हब बनाउने अध्यक्ष शाहको प्रतिबद्धता
Next articleनेपालगञ्ज मेडिकल कलेजको चरम लापरवाही, प्रशासनले माग्यो माफी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here