नेपालगञ्ज मेडिकल कलेजको चरम लापरवाही, प्रशासनले माग्यो माफी

नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जले चरम लापरवाही गरेको प्रमाण फेला परेको छ । उक्त मेडिकल कलेजमा उपचार गराउन पुगेका दुई जना बिरामीको रगत एकअर्कासंग साँटेर लापरवाही गर्न पुगेको हो ।

मंगलबार विरामीका आफन्तले मेडिकल कलेजद्धारा बिरामीको रगत साँटिएको खबर प्रशासनलाई जानकारी गराएपछि उपचार गराउन पुगेका बाँके कोहलपुरका गंगादेवी मल्ल र सुर्खेतका गगनसरा जैसी कलेजको लापरवाहीले भएको गल्तीबाट हुने सक्ने ठुलो दुर्घटनाबाट बच्नुभएकाे हाे ।

उक्त मेडिकल कलेजको ल्याबमा कार्यरत कर्मचरीले एउटा बिरामीको जाँच गर्नुपर्ने नमूना अर्को बिरामीको नाममा राखेको गल्ती भेटिएपछि ती बिरामी दुर्घटनाबाट जोगिएका हुन् । बाँके कोहलपुरकी ४८ वर्षीया मल्ल पेटसम्बन्धि समस्या लिएर मेडिकल कलेजमा पुग्नुभएकाे थियाे ।

त्यस्तै सुर्खेतको पिपिराकी ३५ वर्षीया जैसी टाउको सम्बन्धि समस्या लिएर उपचार गराउन भनी सोही मेडिकलमा पुग्नुभएकाे थियाे । छुट्टा छुट्टै समस्या लिएर पुगेका दुबैजना ल्याब लगायतका जाँचका लागि प्रयोगशालामा पुगेका थिए ।

उहाँहरुका अनुसार प्रयोगशालामा कार्यरत कर्मचारीले दुबै जनाको पर्चा दर्ता गरेर भित्र पठाए । दुबै जनाले रगतसंगै अन्य जाँच गराउनुपर्ने थियो तर प्रयोगशालाका कर्मचारीले बिरामी जैसीको रगतको नमूना संकलन गरे । त्यसपछि रिर्पोटका लागि पर्खिन भनेका समय मल्ललाई गगनसरा जैसीको रिर्पोट दिएर भोलि आउनु भनेर पठाए । उता जैसीले आफ्नो नमूनाको रिर्पोट पर्खिरहनुभएकाे थियाे ।भोलि फर्कने निधो गरेर कोहलपुर लागेकी गंगादेवीलाई भने बाँकेकै हवल्दारपुर नपुग्दै तपाईँको अघि निकालिएको रगत जमेको हुनाले तपाईँ तुरुन्तै मेडिकल आएर अर्को पटक रगत दिन अनुरोध गरियो । उहाँले भन्नुभयाे,‘म कोहल्पुर नजिकै हवल्दारपुर पुग्दै थिएँ । मलाई मेडिकलबाट फोन आयो र भनियो तपाईको रगत जमेको छ, एक पटक फेरि रगतको नमूना लिनुपर्ने भयो, अस्पतालमा आउनुपर्यो ।’ तर भोली खाली पेटमा रगत निकाल्नु पर्छ भनेर फर्काईएकी गंगादेवीले मंगलबार भने जाँचका लागि रगत दिएकी थिएन ।

यता ल्याबका कर्मचारीले जैसीको रगत नमूना मल्लको नमूना कोडमा राखिसकेका थिए । मल्लका छोराले बिरामीले रगतको नमूना नै नदिएको र मल्लसंग भएको पर्चा आफ्नो बिरामीको नभएको बताएपछि ल्याबमा रहेका कर्मचारी पुर्ण बहादुर शाहीले गैरजिम्मेवारीपूर्ण जवाफ दिँदै ‘आफ्नो पर्चा पढेर हेर्नुपर्दैन्’ भनेर उल्टै दुव्र्यहार गरेको उहाँले बताउनुभयाे ।

ल्याबका कर्मचारीले पर्चा दिने समयमा गंगादेवी मल्लको नाम बोलाएर गगनसरा जैसीको रिर्पोर्ट दिएका कारण मल्लले उक्त रिर्पोटसहितको पर्चा आफ्नो व्यागमा राखेर कोहलपुर लाग्नुभएकाे थियाे । तर नाम अनुसार बिरामीको रिर्पोट किन दिएको भन्न प्रश्न बिरामी र उहाँका आफन्तले स्वास्थ्यकर्मीको गल्तीमाथि प्रश्न गर्दा कर्मचारी शाहीले उल्टै धम्क्याएपछि प्रशासनसमक्ष कुरा राख्छु भन्दा झन शाहीले ‘जसलाई जे भने केही हुँदैन्’ भनेर धम्क्याएको बिरामीले बताउनुभयाे ।

बिरामी र कर्मचारीबीच बिवाद हुनुअघि अरुलाई पर्चा दिइयो भनेर चालाखीपूर्ण शाहीले यो बिचमा मल्ललाई दिएको जैसीको नामको अर्को पर्चा बनाई सक्नुभएकाे थियाे । उहाँले अर्को पर्चा बनाउँदा आफैले सय रुपैंया तिरेर बनाउनुभएकाे थियाे ।

गल्तिबाट जोगिन अर्को पर्चा बनाउने उपाए खोज्दा अर्को गल्ती गर्न पुगेको प्रशासनको भनाई छ । यस्ता गल्तीले मानिसको ज्यान नै जान सक्ने भन्दै बिरामीले अस्पताल समक्ष शाहीलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

घट्ना सार्वजनिक भएपछि यो घट्नाबारे अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्ने बताउनुभयाे । अस्पतालका प्रमुख अधिकारीले भन्नुभयाे,‘हाम्रो कर्मचारीबाट यो ठुलै गल्ती भएको हो । म उहाँलाई आन्तरिक कार्वाहीको प्रकृयामा अगाडी बढ्नेछु ।’ अस्पताल आउने बिरामीले पैसा तिरेर उपचार लिन आउने गरेको भन्दै कर्मचारीलाई बारम्बार अनुशासनमा रहन आग्रह गरिएको प्रशासन प्रमुख अधिकारीले बताउनुभयाे ।

Previous articleबाजुरा केन्द्र भएर ५ रेक्टर स्केल बढीको भूकम्प, एक जनाको ज्यान गयो
Next articleनेपालगञ्ज महोत्सव शुरु, बुधबार कलाकार बिन्दु परियार लगायतको प्रस्तुति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here