
नेपालगञ्ज । नेपालगञ्जमा मंगलबारदेखि महोत्सव शुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा नेपालगञ्जमा मंगलबारदेखि कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव शुरु भएको हो ।
उद्धघाटन समारोहको मुख्य केन्द्रबिन्दु रहेकी लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमूना) ले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । ‘समृद्ध नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ संचालन भएको महोत्सवको उद्धघाटन समारोहलाई भव्य बनाउन नेपालगञ्जको धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म सांकृतिक झाँकी र्यालीको आयोजना गरिएको थियो ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश मन्त्री नमूनाले महोत्सव उद्घाटनका क्रममा कोभिडका कारण बिथोलिएको अर्थतन्त्र र त्यसबाट थलिएको उद्योग व्यापार बजारीकरण गर्नको निम्ति लक्ष्य र उद्देश्यका साथ आयोजना गरिएको महोत्सवलाई भब्यता सफल बन्न शुभकामना दिनुभयो ।
कार्यक्रम महोत्सव लगाउने पक्षमा उहाँले भन्नुभयो, ‘यो एकदमै सकारात्मक छ र चुनौतीहरु यो समयमा सामना गर्नपर्ला तर पनि यहाँका उद्योगी, व्यवसायी साथीहरुका निम्ति धरै ठूलो अवसर हो ।’ उहाँले यो अवसरलाई सदुपयोग गर्न सक्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका केनन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंहले लुम्बिनी प्रदेशकी मन्त्री केसीसहित उपस्थित सबै सरोकारवाला पक्षहरुको ध्यानार्षण गराउँदै स्थानीय निकायले आफुहरुलाई अन्देखा गरे भने घाटा हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म भन्न चाहन्छु । तपाई यसो स्थानीय निकाय संचालन ऐन हुर्नुस् । त्यो एेनमा हामी तपाईको पदेन सदस्य छौं । स्थानीय संचालन ऐनले तपाईको पालिकाभित्र रहेका घरेलु तथा साना उद्योगीका हकहितका लागि काम गर्ने संस्था पालिका अध्यक्ष पदेन स्थानीय निकायको राज्श्व परामर्शमा बस्नु भएको छ । यो त्यत्तिकै बस्नु भएको छैन होला ?’
यस्तै उद्धघाटन समारोह एंव नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु कुमारी खड्काले उद्यमी व्यवसायीको अवस्थालाई समग्र दर्शक समक्ष जानकारी गराउँदै आफुहरुतिर सरकारको ध्यान नरहेको जिकिर गर्नुभयो । लाखौंको लगानीमा संचालन भएको महोत्सवमा स्थानीय सरकार आफुहरुसंग मह्सुस गर्न नपाएको बताउनुभयो ।
माघ २४ गतेसम्म संचालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिनुभयो ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार चर्चित भोजपुरी कलाकार खेसारी लाल २, डान्सर प्रिती पासवान, ख्याती प्राप्त कलाकार र्यापर भिटेन, गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, र्यापर लाहुरे, माईला, टंक तिमिल्सेना, गायिका रेखा जोशी, र्यापर मिस्टर आरजे गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्ती श्री, मिलिना राई, बिन्दु परियार, गायक एम.टी. महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे र पुतली, बल्छी र राजु माष्टर लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने संयोजक कंडेलले जानकारी गराउनुभयो ।
भोलि अर्थात बुधबार कलाकार विन्दु परियार, चन्द्र शर्मा आउने कार्यक्रम तय भएको आयोजकले जनाएको हो । उद्घाटन समारोह घरेलु महासंघका महासचिव जिआर भुसाल र प्ररेणा गिरीले संचालन गर्नुभएको थियो ।
महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्रमै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना रहनेछ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता हुनेछ । महोत्सवमा प्रवेशका लागि ६० रुपैया र विद्यार्थीलाई ५० रुपैँया प्रवेश टिकट रहेको छ । महोत्सबमा २ सय बढि स्टल छन् जसभित्र थारु होमस्टे, थारु गाउँ पनि समावेश छ ।





