चर्चित कलाकार भुवन, सिर्जना र बसन्तकाे प्रस्तुतिले तात्याे महाेत्सव

बाँके । नेपालगञ्जमा जारी महोत्सवमा शुक्रबार बिभिन्न राष्ट्रिय कलाकारहरूले आफ्नाे धमदार प्रस्तुतिले माहोल तताएका छन ।

कारकादोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको चौथो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक भुवन खड्का, गायिका सिर्जना खत्री र गायक बसन्त लम्सालले माहोल तताउनुभएकाे हाे ।गायिका एवं उद्घोषिका शोभा त्रिपाठी र प्रेरणा गिरीले संचालित कार्यक्रममा आज काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयासपछि मृत्यु भएका प्रेम प्रसाद आचार्यको सम्झनामा एक मिनेट मौनधारण गर्दै उहाँलाई सहिद घोषणा गर्ने सरकार समक्ष नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले जोडदार माग गर्नुभयाे ।

यस्तै, शनिबार नृत्यङगना रुबिना अधिकारी, गायक चक्र बम, गायिका टिका सानुकाे प्रस्तुति रहने प्रचारप्रसार समिति संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिनुभयाे । स्थानीय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रहनेछ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गतेसम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्ने महोत्सवमा शनिवारदेखि कुस्ती प्रतियोगिता शुरु हुनेछ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहनेछ ।

Previous articleआयुर्वेद अस्पतालद्वारा स्वास्थ्य शिविर, चार सय जनाकाे परीक्षण
Next articleखजुरामा स्थानीय तहकाे जस्तै ज्ञानाेदयकाे निर्वाचन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here