
हरि अधिकारी, खजुरा । बाँकेकाे खजुरा गाउँपालिका वडा न-३ स्थित ज्ञानोदय नमुना माध्यमिक बिद्यालयको शुक्रबार व्यवस्थापन समितिको निर्वाचन सप्पन्न भएको छ ।
निर्वाचनबाट ४ जना अभिभावक निर्वाचित भएका छन । निर्वाचित हुनेमा घर चिह्नका उम्मेदवार नारद प्रसाद शर्मा र टेबुल पंखा चिह्नका राम बहादुर खवास, महिला सदस्यतर्फ साईकल चिह्नका भिमसरा भण्डारी र कुर्सी चिह्नबाट काैसिला थापा मगर बिजयी हुनुभएको छ ।
बिद्यालयको निर्वाचन अभिभावकहरुको कार्य समितिको चयन गरेर बिद्यालयको स्तरउन्नति र बिद्यार्थीको उज्जल भविष्य निर्माण गर्नमा सहयाेगी भूमिका निर्वाह गर्नका लागि समितिको चयन गरिन्छ । तर यसपटक भने लोकतान्त्रिक पद्धतिमा निर्वाचन गरिएको थियो । याे पटक भएकाे व्यवस्थापन समितिकाे निर्वाचन पार्टीको प्रतिस्पर्धा भन्दा कम थिएन ।
उक्त निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधि, प्रदेशका जनप्रतिनिधि र संघीय जनप्रतिनिधि समेतको उपस्थितिले निर्वाचन अझ रोचक तरिकाले हेरिएको छ । बिद्यालयकाे निर्वाचनमा देखिएकाे अवस्थाले यो देशमा निस्पक्ष क्षेत्र भन्ने के नै बाकी रहयो ? भन्ने प्रश्न उब्जिन थालेको स्थानीय अभिभावकहरुको भनाई छ ।
लगभग दुई हजार दुई सय बिद्यार्थीहरु उक्त स्कुलमा अध्यापन गर्छन् भने करिब ४८ जना शिक्षकहरूर्ले अध्यापन गर्छन ।





