बरिस्ठ गायक कन्हैया सिंह गृहनगर नेपालगन्जमा अभिनन्दनपत्रले सम्मानित

नेपालगन्ज । नेपालगन्जमा जन्मेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली गीत संगितका माध्यमबाट चर्चा कमउन सफल गायक कन्हैयासिंह परियारलाई गृहनगर नेपालगन्जमा अभिनन्दन गरिएको छ । हाल अमेरिका बस्दै आउनुभएका परियारलाई नेपालगन्ज उपमहानगरसहित बाँकेका बिभिन्न संघसंस्थाहरुले अभिनन्दन गरेको हो ।‘नेपालगन्ज बजारैमा’ गीत गाएर चर्चामा आउनुभएका गायक परियारले नेपाली सुगम संगीतका दर्जनौ कर्णप्रिय गीत गाउनुभएकाेे छ । राष्ट्रपति विद्या भण्डारीबाट प्रदान गरिएको नातिकाजी संगीत सम्मान ग्रहण गर्न नेपाल आएको अवसर पारि परियारलाई गृहनगरले अभिनन्दन गरेको हो ।शुक्रबार क्रियटिभ ह्यान्डस्ले वरिष्ठ गायक तथा संगीतकार परियारलाई सम्मान गरेको छ । नेपालगन्जमा जन्मिनुभएका परियारले तत्कालिन सिमित प्रविधि, सिमित साधानस्रोत, आर्थिक अभाव र प्रशिक्षक पुस्ता नभएको समयमा लोक, पप र आधुनिक नेपाली सुगम संगीतका क्षेत्रमा अनुकरणीय योगदान गरेको भन्दैं अभिनन्दन गरेको हो ।

अमेरिकामा रहँदा पनि उहाँले नेपाली गीत संगीतको क्षेत्रको विकासमा सक्रिय भएर योगदान दिदैं आउनुभएकाे छ । उहाँलाई नेपाल सरकारले पनि नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान-२०७८ बाट सम्मानित गरेको छ ।नेपालगन्जमा आयोजित कार्यक्रममा उहाँलाई बाँके क्षे नम्बर १ का प्रतिनिधि सभा सदस्य सुर्य ढकाल, नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्ट, नेपालगन्ज उपमहानगरपालिका निर्वतमान उपमेयर उमा थापा लगायतले अभिनन्दन गर्नुभयाे ।संगीत क्षेत्रमा परियारले गरेको योगदान र निरन्तरतालाई सम्मान गर्दै सम्पुर्ण नेपालगन्जवासीको तर्फबाट अभिनन्दन गरेको क्रियटिभ ह्यान्ड्सका संस्थापक एवम अभिनन्दन समिति संयोजक टीएस ठकुरीले बताउनुभयाे । कार्यक्रममा नेपालगन्जका चर्चीत साहित्यकार, कथाकार र कलाकारहरुको पनि सहभागिता रहेको थियो ।

Previous articleन्युजिल्यान्डद्वारा भारत पहिलो टी-२० आन्तर्राष्ट्रियमा पराजित
Next articleक्षयरोग निवारण संस्था बाँकेद्वारा चार जना सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here