क्षयरोग निवारण संस्था बाँकेद्वारा चार जना सम्मानित

नेपालगन्ज । नेपाल क्षयरोग निवारण संस्था बाँके चार जनालाई सम्मान गरेको छ । गत मंसीर ४ गते सम्पन्न निर्वाचनमा नवनिर्वाचित प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई, वडा नं.६ का वडाध्यक्ष समिर प्रताप सिंहलाई दोसल्ला तथा सम्मान–पत्र सहित सम्मान गरिएको हो ।

सम्मानित व्यतिmत्वहरुको सम्मान–पत्र नेपाल क्षयरोग निवारण संस्था बाँके शाखा पूर्व सभापति पूर्णलाल चुकेले पढेर सुनाउनु भएको थियो ।

नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका सभापति बदरुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न तथा सचिव नरेन्द्र श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै एक महिनाको तलब यस संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँ संस्थामा २०३९ सालदेखि निरन्तर रुपमा आवद्ध तथा आजीवन सदस्य हुनुहुन्छ ।

सो अवसरमा संस्थाका पूर्व अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक पूर्ण लाल चुकेले संस्थाको स्थापना कालदेखिको गतिविधिका बारेका प्रकाश पार्दै संस्थाको गतवर्ष सम्पन्न केन्द्रीय अधिवेशन, भवन र बाउण्डरी वाल निर्माणको लागि नेपालगन्ज उपमहानगरपालिका र अन्य दाताहरुबाट १४ लाख ८५ हजार ९३४ प्राप्त भएकोमा अधिवेशनको लागि ४ लाख ९ हजार २०४ खर्च भएको र भवन र बाउण्डरी वाल निर्माणमा १० लाख ७६ हजार ७३० खर्च भएको विवरण प्रस्तुत गर्नुभयो ।सो अवसरमा सम्मानपछि नगर प्रमुख बिष्टले नेपालगन्ज उपमहानगरपालिकाबाट सहयोग गर्ने बताउनु भएको छ । वडा नं.६ का वडाध्यक्ष समीर प्रताप सिंहले पनि वडा कार्यालयमा सीमित बजेट भएपनि सहयोग गर्ने बताउनुभयो ।

भवन निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई पनि भवन निरीक्षण समेत गराउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य सेमराज शाक्य, उपाध्यक्ष डा.ज्ञान कुमार वर्मा, सदस्य बसन्त लामिछानेले मन्तव्य व्यक्त गर्दै सहयोगी मनहरुले सहयोग अनुरोध गर्नुभएको थियो ।कार्यक्रममा संस्थाका निर्वतमान सभापति सुश्री शान्ति श्रेष्ठ, पूर्व सभापति माधुरी शर्मा, महिला जागृति सेलका अध्यक्ष लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठ, सह–सचिव रचना श्रेष्ठ, कार्य समितिका सदस्यहरु सुश्री ज्ञानु श्रेष्ठ, डा. सुभाष योगी, जनकराज भण्डारी, सुन्दरलाल शाक्य, दाताहरु मुरलीधर शर्मा, राम बहादुर सुनार, धन प्रसाद धिताल, उपासना थारु लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर विष्ट र महिला जागृति सेलका अध्यक्ष लक्ष्मी श्रेष्ठलाई नेपाल क्षयरोग निवारण संस्था बाँकेको आजीवन सदस्यता र संस्थाको व्याच लगाएर स्वागत गरिएको थियो ।

Previous articleबरिस्ठ गायक कन्हैया सिंह गृहनगर नेपालगन्जमा अभिनन्दनपत्रले सम्मानित
Next articleमहोत्सवको मुख्य आकर्षण केन्द्र बन्दै “थारु गाउँ”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here