
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग माग गर्नुभएको हो ।
गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ । नागरिकता प्रकरणमा सांसद पद गुमाउनुभएका लामिछानेले आइतबार पुन नागरिकता लिनुभएको छ ।
नागरिकता लिएलगत्तै पुन पार्टीको सभापति बन्नुभएका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय माग्नुभएको थियो ।





