महोत्सवमा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुति

नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा आज बुधबार चर्चित गायिका ज्योति मगरको प्रस्तुति हुने भएको छ ।

कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज बुधबार गायिका ज्योती मगर, गायिका उमादवी खनाल, डान्सर सिजृना गुरुङ्गको प्रस्तुति रह्ने प्रचारप्रसार समिति संयोजक भागवत कंडेलले जानकारी दिनुभयो ।

दर्शकको मनोरञ्जन र नयाँ कलाकारहरुको उत्पादन एवं स्थानिय कलालाई प्रवद्र्धन गर्न हरेक दिन लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता समेत भईरहेको छ भने आज कुस्ती प्रतियोगिताको अन्तिम दिन हो ।

उद्घोषिका प्रेरणा गिरीले उद्घोषण गरिरहेको महोत्सवमा एसएम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहने तय भएको छ ।

Previous articleगायक रामजी खाँडको चर्चित गीतहरुमा झुमे दर्शक
Next articleहात हेराउनेको कुरा सुनेर श्रीमती र छोरालाई जिउँदै जलाए, आफु पुगे प्रहरीको खोरमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here