
नेपालगञ्ज । गायक प्रमोद डिजी र अन्नु चौधरीको स्वारमा रहेको थारु भाषाको गीत ‘यी दिल’ सार्बजनिक भएको छ । सेबिल इन्टरटेनमेन्ट यूट्यूब च्यानलबाट सार्बजनिक भएको गीतमा शब्द संगित उमेश मुस्कानको छ ।
अकोस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको यो गीतलाई चर्चित गीत संयोजन केशब बडु संयोजन गर्नुभएको छ भने चन्द्र चौधरीले ध्वनी सम्पादन गर्नुभएको छ ।
बाँके र बर्दिया जिल्लाको बिभिन्न क्षेत्रमा छायाँकन गरिएको गीतलाई पछिल्लो समयका चर्चित निर्देशक नवराज सुबेदीले निर्देशन गर्नुभएको छ ।
दिनेश ओलीको छायाँकन तथा सम्पादन रहेको गीतमा तिलक कुमार र दुर्गा राना मगरको अभिनय रहेको छ । लक्ष्मी चौधरीको श्रीङार रहेको छ ।
पछिल्लो समय प्रतिस्पर्धाको समय रहेका कारण राम्रो यो गीत बनाउन धेरै मेहेनत गरेको बताउँदै गीतलाई माया गरी हौसला बढाइ दिन म्युजिक भिडियो निर्माण टिमले अनुरोध समेत गरेको छ ।





