बाँकेमा थप एक ४५ वर्षीय संक्रमितको मृत्यु

बाँके । कोरोना संक्रमण पुष्टि भएका नेपालञ्जमा एक व्यक्तिको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज वडा नं.–१ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

दुबै फोक्सोमा निमोनिया देखिएको उनको भेरी अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको छ ।

भदौं ३१ गते कोरोना पुष्टि भएका ति पुरुषको आज बेलुकी करीब ५ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Previous articleबिहीबार ४४ जना डिस्चार्ज
Next articleयुवा सशक्तिकरण परियोजना : ३ करोड ५९ लाख खर्च

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here