कर्मचारी संघ मध्यपश्चिम क्षेत्रिय समितिकाे अध्यक्षमा भुपेन्द्र पुन मगर निर्वाचित

नेपालगन्ज । कर्मचारी संघ मध्यपश्चिम क्षेत्रिय कार्यसमितीको अध्यक्षमा भुपेन्द्र पुन मगर निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य विभिन्न जिल्ला तथा क्षेत्रिय कर्मचारी संघ गठनको प्रक्रिया अन्तर्गत बिहीबार नेपालगन्ज रंगशालामा सम्पन्न भेलाबाट मगर क्षेत्रिय अध्यक्षमा निर्वाचित हुनुभएको हाे ।

यस्तै संघको उपाध्यक्षमा मान बहादुर चौधरी, सचिवमा मान बहादुर लामिछाने मगर, कोषाध्यक्षमा जग बहादुर नेपाली र सदस्यमा सुरेश बहादुर बम, भिम बहादुर थापा र मोहन बहादुर पाण्डे निर्विरोध निर्वाचित हुनुभएकाे हाे भने अध्यक्षमा मगर र सन्तोष कुमार श्रेष्ठबीच भएकाे चुनावमा ६ मतान्तरमा मगर निर्वाचित हुनुभएकाे छ ।

Previous articleबाँसगढीकाे मगरपुरका ८५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
Next articleजापान सरकारद्वारा दाङमा प्रसुति भवन हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here