नेपालगञ्ज महोत्सव बिवाद : एक अर्कालाई दोषी देखाइँदै

नेपालगञ्ज । नेपालगन्जमा माघ १० गतेदेखि २८ गतेसम्म संचालित ‘चौथो प्रादेशिक औद्योगिक, लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव २०७९’ विवादित बन्दै गएको छ ।

साना तथा घरेलु उद्योग महासंघ बाँके शाखाले कारकाँदोस्थित सडक विभागको मैदानमा भएको उक्त महोत्सव सम्पन्न हुनु अघिदेखि नै विवादमा तानिएको हो ।

महोत्सवमा नृत्य प्रतियोगिताको विषयलाई लिएर गत शुक्रबार बेलुकादेखि आयोजक र प्रतियोगितामा सहभागी प्रतिस्पर्धीबीच विवाद चलिरहेको थियो । उक्त विवाद हाल एकअर्कालाई दोषी देखाउने क्रममा पुगेको छ ।

घटनाको सुरुवात नृत्य प्रतियोगिताको रिजल्टबाट भएको हो । नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ पुरस्कार राशी राखिएको थियो भने दोस्रो र तेस्रो हुनेलाई क्रमश ७५ हजार र ५० हजार पुरस्कार राशी रहेको थियो ।

जसका लागि आयोजकले भोटिंग सिस्टम आह्वान गरको थियो । जुन भोटिंग महोत्सवमा प्रवेश गर्नेले खरिद गरेको एक टिकट बराबर एक भोट थियो । भोटिंग सिस्टमले विजेता घोषित हुने भएपछि प्र्रतिस्पर्धीमा टिकट खरिद गर्ने होडबाजी सुरु भयो । तर सो सिस्टमले महोत्सवलाई विवादीत बनायो ।

यही विषयलाई लिएर शुक्रबार अबेर बेलुकासम्म महोत्सव स्थल तातिनुका साथै झडपको स्थितिसमेत उत्पन्न भएको थियो । सो समयमा रोयल डान्स कम्पनीका हृदय आचार्यले आयोजकमाथि पैसाको चलखेलको आरोप लगाउँदै नृत्य प्रतियोगितामा बसेका जजहरुप्रति नृत्यको ज्ञान नभएको अरोप लगाएका थिए ।

‘जजहरुलाई डान्स के हो थाहै छैन । फाइनलमा मात्रै मैले मेरो बच्चाहरुलाई कोरियोग्राफी गराएको थिए । त्यो भन्दा पहिला उनीहरुले फ्रिस्टाइल नृत्य गरेका थिए । ह्वा ट कोरियोग्राफी, भनेर ताली मार्ने त यहाँ जज छन्,’ अचार्यले भन्नुभयो ।

महोत्सवको फाइनलमा रोयल डान्सका तीन जना बच्चा समावेश भएका थिए । महोत्सवको फाइनलमा टिकटको भोटिंगबाट विजेता घोषित गर्ने भएपछि आफूले एकजना बच्चाको लागि ५० हजार र अर्को बच्चाका लागि ६० हजार रुपैयाँ टिकट खरिद गरेको उहाँले बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘शुक्रबार महोत्सवमा हजार जना मानिस पनि आएका थिएनन् । तर १ जनाको पन्ध्र सयसम्म भोट आएको छ । मैले मेरो बच्चाहरुका लागि किनेको टिकट पनि आधी फालिँदिए । यहाँ पहिले नै को पहिलो, को दोस्रो भन्ने फिक्स भई सकेको थियो ।’ आयोजकले छाप हानेर बिक्री गरेको टिकटलाई नृत्य प्रतियोगितामा गन्ती नगरिएको उहाँको आरोप छ ।

त्यस्तै अर्का एकजनाको नृत्यमा सहभागीका अभिभावक केशवप्रसाद पाठक पनि आयोजकले आफूले खरिद गरेको ३ सय टिकट फालेको आरोप लगाउनुभयो । ‘पहिला नै बक्स उठाएर ल्याइदिए । मैले मेरो छोरीका लागि किनेको छाप हानेको टिकट पनि गन्दा गन्दै आदि फालिदिए । यहाँ कलाभन्दा पैसाको कदर भएको छ ।’ पाठकले आफ्नो छोरीका लागि ७० हजारको टिकट खरिद गरेको बताउनुभयो ।

त्यसैगरी नृत्य प्रतियोगिताको फाइनलमा पुगेको दिलिप चुनाराको अभिभावकले पनि ५० हजारको टिकट खरिद गरेका थिए । उहाँले पनि नृत्य प्रतियोगितामा कलाको कदर नभएको बताउनुभयो । साथै फाइनलमा पुग्नुभएकी रविना सिंह ठकुरी पैसा भएको भए आफू विजेता हुने बताउनुभयो ।

एक-अर्कालाई दोषी देखाइँदै
महोत्सव विवादमा तानिएपछि आयोजकले घटनाको खण्डन गर्दै विज्ञप्ति निकालेको छ । आयोजक संस्थाका सचिव जिआर भुसालले नृत्य प्रतियोगिताको नतिजामा आयोजकको कुनै हात नरहेको जिकिर गर्नुभएको छ ।

महोत्सव आयोजक मुल समारोह समिति संयोजक मधु कुमारी खड्काले नृत्य प्रतियोगितामा अंकभारमध्ये ५० प्रतिशत निर्णायक र ५० प्रतिशत टिकट भोटिंगबाट रहेको ब्यहोरा सबै प्रतिस्प्रधिलाई जानकारी र सोही बमोजिम प्रतियोगिताको अन्तिम प्रतिस्प्रधि छनौट भएको बताउनुभयो ।

आयोजकले महोत्सव विवादितत हुनुमा सह–आयोजक समिति सदस्य सन्ध्या पाठक शर्मालाई दोषी भएको बताएको छ । यता प्रतियोगिताको निर्णायकमा रहनुभएका केवी शाही र सन्तोष शोकी मगरले आफुहरु अन्तिम नतिजा प्रकाशनमा आयोजकको कुनै दवाव र प्रभावमा नपरेको बताउनुभएको छ । उहाँहरुले अंकभार ५० प्रतिशत टिकट भोटिङबाट जोडिएकाले राम्रा प्रतिभा भएका प्रतियोगी बाहिरिएको बताउनुभयो ।

आरोपको खण्डन गर्दै शर्मा
महोत्सव आयोजकले आफूमाथि लगाएको आरोप गलत भएको भन्दै शर्माले खण्डन गर्दै विज्ञप्ति निकाल्नुभएको छ । शर्माले आयोजकका केही पदाधिकारीको एकतर्फी निर्णयका काराण् उत्पन्न समस्याको जिम्मेवार मलाई बनाइएको स्पष्ट पार्नुभयो ।

आयोजक टिमलाई पहिला छलफल गरेर भिडलाई शान्त राखेरमात्र निर्णय सार्वजनिक गर्ने आफुले सुझाव दिएको बताउनुभयो । साथै उहाँले यसअघि पनि आफूमाथि आयोजक टिमबाट बेला–बेलामा दुव्र्यहार हुँदै आएको खुलासा गर्नुभयो ।

आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै पाठकले महोत्सवका दौरान सासानो कुराकै आफुलाई दुव्र्यहार गर्दै आएको र अहिले बिवादको सबै कारण आफुमाथि आयोजकले थुपारेको स्पष्ट पार्नुभयो ।

उहाँले आयोजक संस्थाकी अध्यक्ष मधु खड्काले विभिन्न फर्जि तथा हुँदै नभएका कारण बनाएर पटक–पटक आफूलाई विवादमा तान्न खोजेको पनि आरोप लगाउनुभयो ।

Previous articleनेपालगन्जमा भेस्पा स्कुटर मर्मतमा ठगी गरेको आरोप
Next articleकैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय बनाउने सरकारको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here