
नेपालगञ्ज । बाँके प्रहरीले बिभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगंज उपमहानगरपालिका वडा नं १ धम्बोझीबाट चोरी गर्ने नेपालगञ्ज २० का २७ वर्षीय अफताव सिद्दिकी र खजुरा गाउँपालिका वडा न १ का २७ वर्षीय निरज गुरुङलाई मोटरसाईकलसहित पक्राउ गरेको हो ।
फागुन १ गते राती ११ बजेको समयमा धम्बोझीस्थित मन कुमारी गुरूङको घर अगाडी बर्दिया गुलरिया नगरपालिका वडा नं ७ का मन्जिल यादवले भे ४ प २४१३ नम्बरको पल्सर मोटरसाईकल पार्किङ गर्नुभएको थियो ।
घरबाट चोरी भएको सूचना पश्चात वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फागुन ४ गते साँझ पाँच बजेको समय नेपालगंज १० स्थित सडकखण्डबाट सो मोटरासाईकल फेला पारेको थियो ।
चोरहरुले सो मोटरसाईकलको स्वरुप परिवर्तन गरी भारतीय नम्वर राखेर चलाएका थिए । यस्तै गत माघ २९ गते मोटरसाईकल चोरी गर्ने अर्को एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गत माघ २९ गते राति साढे दश बजेको समयमा नेपालगंज उपमहानगरपालिका वडा नं १२ बेलासपुरबाट मोटरसाईकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको हो ।
बेलासपुरका सुरेश चिडिमारको घर अगाडि पार्किङ राखिएको भे ६ प २०२४ नम्बरको मोटरसाईकलसहित जानकी गाउँपालिका वडा नं ३ ईन्द्रपुरका २७ वर्षीय मोहम्मद हसिम खानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चोरी भएलगत्तै खटिएको प्रहरी टोलीले फागुन ३ गते मोटरसाईकल फेला पारेको थियो । प्रहरीका अनुसार खानले मोटरसाईकलको नंम्बर प्लेट परिवर्तन गरी भे ६ प ३३१४ नम्बर लेखी लुकाएर राखेका थिए । खानलाई अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।
साईकल चोर पक्राउ
प्रहरीले साईकल चोरी गर्ने नेपालगञ्ज नेपालगञ्ज वडा नं १० का निखिल मगरलाई पक्राउ गरेको छ । नेपालगञ्ज वडा नं १३ का निरज चौहानको साईकल चोरी गरेर भागेका मगरलाई साईकलसहित पक्राउ परेका हुन ।
फागुन ४ गते बिहान दश बजेको समयमा मंगल प्रसाद माध्यमिक बिद्यालय नेपालगंज बाँकेको कम्पाउण्डमा चौहानले साईकल पार्किङ गरेका थिए । चोरी भएको सूचनापछि परिचालित प्रहरी टोलीले मगरलाई फेला पारी नियन्त्रणमा लिएको हो ।





