बर्फानी बाबामाथिको हमलाप्रति हिन्दूवादी संघ संगठनको गम्भीर ध्यानाकर्षण

बाँके । जिल्लाको नरैनापुर गाउँपालिका वडा नं–३ स्थित बाबा बर्फानी मन्दिरका बर्फानी बाबामाथि भएको साघतिक हमलाप्रति हिन्दूवादी संघ, संस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

बुधबार हिन्दुवादी संघ, संगठनले घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन ।

नेपालमा साधु सन्तसहित सर्वसाधारण समेत सुरक्षित नरहनु दुभाग्र्यपूर्ण रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

हिन्दु धर्मालम्बीहरुको आस्थासंग जोडिएको मर्ममाथि भएको आक्रमणे सम्पूर्ण हिन्दु समाज मर्माहित भएको भन्दै घट्नाको कडा शब्दमा निन्दा गर्दै उक्त घट्नामा संलग्न वयक्तिहरुलाई यथाशिघ्र कानूनी दायरामा लयाई सार्वजनिक गर्न माग गरिएको छ ।

साथै बाबा बर्फानीको सुरक्षा व्यवस्था मिलाउन माग गर्दै निरन्तर हिन्दु आस्था र बाबामाथिको आक्रमणको घट्ना बढ्नुले बाँकेको फितलो सुरक्षा प्रमाणित गरेको सघ, संगठनको ठहर छ ।

बिश्व हिन्दु परिषद नेपालका अध्यक्ष बृजेश बहादुर सिंह, शिवसेना बाँकेका अध्यक्ष राजकुमार रौनियार, आर्य समाज कोषाध्यक्ष श्याम शाक्य, नेपाल शिवसेनाका मंगल घर्तिमगर र सनातनी मंच का गौरव जयसवालले बुधबार संयुक्त रुपमा ज्ञापन पत्र बझाउनुभएको हो ।

Previous articleप्रभावकारी बन्दै ‘रेडियो स्कुल कक्षा’
Next articleनेपालगञ्ज क्वारेन्टिन व्यवस्थापक वलीलाई कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here