
बाँके । नेपालगञ्ज क्वारेन्टिन व्यवस्थापक तेज वलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना महामारीको शुरुवाती चरणदेखि नै क्वारेन्टिनको जिम्मेवारी सम्हाल्दै आउनुभएका वलीलाई बुधबार भेरी अस्पतालमा भएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।
उहाँले आफुलाई कोरोना संक्रमण भएको कुरा सामाजिक संजालमार्फत सार्वजनिक गर्नुभएको हो ।
संजालमा उहाँले लेख्नुभएको छ, बाँके जिल्ला र नेपालगन्ज उपमहानगरपालिकामा कोभिड १९ महामारी नियन्त्रण र रोकथाम को लागी सक्ने कोसिस गर्द गर्दैै म पनि यो रोगबाट अछुतो रहन सकिन । सेवा गर्दा गर्दै आफ्नो ख्याल नगरी आम नागरिकको रक्षाको लागी अहोरात्र खट्ने कोसिस गरे । आइसोलेसन सेन्टरबाटै भयपनि सेवाको लागी आफ्नो जिम्मेवारि पुरा गर्न उपमहानगरपालिका लाइ बाचा गर्दै मेरो सम्पर्कमा रहनु हुनेलाइ सजग हुन अनुरोध गर्दछु ।





