नेपाली कांग्रेस खजुरा–४ को वडा भेला सम्पन्न

बाँके । नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नं–४ को वडा भेला शनिबार सम्पन्न भएको छ ।

कांग्रेस वडा अध्यक्ष बल बहादुर केसीको सभापतित्व तथा जिल्ला सदस्य केदार गिरी, क्षेत्र नं–३ का कोषाध्यक्ष नर बहादुर खड्का, माहाधिवेशन प्रतिनिधि गगन बि.क लगायतको उपस्थितिमा वडा भेलामा गरिएको हो ।

भेलामा बोल्ने वक्ताहरुले कांग्रेसको वडा तहदेखि जिल्लास्तरसम्म जागरण अभियान संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।

दुई तिहाईको दम्भ बर्तमान सत्तापक्षलाई भइरहेकाले कांग्रेसलाई बलियो बनाउन जागरण अभियानको आवश्यकता रहेकोमा वक्ताहरुले जोड दिएका हुन ।

भेलामा क्षेत्रीय प्रतिनिधि मिना दहाल, सुरेश बानिया, मोहन लामिछाने, खजुरा वडा नं–३ का कांग्रेस वडा अध्यक्ष शिवराज देवकोटा, सचिव तुलाराम गिरी र भुपु सैनिक जिल्ला अध्यक्ष भिम राना लगायत ९० बढि व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Previous articleनेपालगञ्ज क्वारेन्टिन व्यवस्थापक वलीलाई कोरोना संक्रमण
Next articleबाँकेमा एकैदिन दुई जनाकाे मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here