मलाइ मेरो देशको माया नभएको होइन, मलाइ मेरो सीमाको माया नभएको होइन, मलाइ मेरो सन्तानको माया नभएको होइन, मलाइ मेरो सगरमाथाको माया नभएको होइन । म लाचार छु सरकार, म निर्दयी छु सरकार, नेपालका लागि २० बर्ष आफ्नो हात खियाउने मेरा हजुरबुबा दुःखी हुनुहुन्छ सरकार, प्रश्न गर्नुहुन्छ म त्यो प्रश्न देशका सत्तामा बस्नेहरुलाई गर्छु ? हुन त पहुँच चाहिन्छ मैले प्रश्न गर्दा के थाहा ? मैले प्रश्न गर्ने दिनभर काम गरि थकानले माडिएको मेरो शरीर घर पुग्दासम्म रहन्छ कि रहदैन ?
यदि केही बर्ष पहिला मलाइ एउटा कलम दिने थियौ भने म मेरा प्रश्न राख्न डराउने थियन सरकार । २२ बर्ष अघि बन्दुकको साटो कलम दिने थियौ भने, राष्ट्र कमजोर हुने थिएन सरकार, राष्ट्र बिकास हुने थियो, भ्रष्टाचार बढ्ने थिएन सरकार, लुटै लुटको ब्यवसाय गर्ने देश कहिले हो सम्मुनत बन्ने खै । जता फर्के पनि लुट्न आँ गरेर हाब्रो फुलाएर बसेको देख्दा उदेक लाग्छ । अब पनि पतिवर्तन नआए कहिले ल्याउने परिवर्तन । अब पक्कै पनि नयाँ बिकल्पको खोजी हुनुपर्छ ।
नयाँ तवरले समाज रुपान्तरण गर्नै पर्छ नत्र यस्तै काइते समाज र अवस्थाको बिरोध गर्दै चोला सकिने दिन न आउँला भन्न् सकिन्न । बिश्वस पनि कसलाई गर्नु मैले आफ्नै छोरी पसल जाँदा दाइ पनि आउछु पख भन्ने दिन आएको छ सरकार । मलाइ पक्कै पनि न्याय प्रतिको सम्मान भने हटेको छैन सरकार, तर तिम्रो सत्ताको लाडले मेरो छिमेकीले न्याय पाउदैन सरकार ।
एक कर्णालीको पुछारमा बस्ने बुवा सरकारसंग गुनासो गर्दै हुनुहुन्थ्यो । एकातिर अस्पतालको बेडमा बिरामी अन्तिम सास गनिरहेछन । देशभक्त छोरा भनाउदा, कुर्चीका लागि मरिरहेछन, कहाँ जाउ म उपचार गर्न, जहाँ प्रतिदिनको शुल्क दशदेखि तीस हजार भनिरहेछ । दसदेखि तीस त मेरो महिनाको कमाई पनि छैन सरकार, कहाँबाट रुपैयाँ जुटाउ भनि परिवार जुटिरहेछ ।
बाटो नपुग्दा चार दिन डोकोबाट बिरामी ल्याउँदा, बिरामी बाटो मै मरिरहेछ, एकातिर अस्पतालमा बिरामी अन्तिम सास गनिरहेछ, मेरा सबै प्रश्नको उत्तर देउ सरकार । मेरा हरेक लवजमा हजारौ प्रश्नहरुको संगालो छ सरकार
उत्तर देउ । धन्यवाद
लेखक गिरी हाल मध्यपश्चिम बिश्वबिद्धालयमा बिए एलएलबीमा अध्ययनरत हुनुहुन्छ ।