
खजुरा । बाँकेको खजुरा गाउँपालिकाका विभिन्न बिधालयहरुमा भएको ब्यवस्थापन समितिको निर्वाचनमा निर्वाचित सदस्यहरुलाई पालिकामा पदको दुरुपयोग गर्दै शिक्षा शाखा प्रमुखले राजनीतिक भाग खोज्ने गरेको कार्यप्रति नेपाली कांग्रेस खजुरा गाउँपालिले ध्यानाकर्षण भएको जनाएको छ ।
खजुरा शिक्षा शाखा प्रमुखले षड्यन्त्रपुर्वक मिति यही फागुन ७ गते प्रजातन्त्र दिवसको दिन नेपाल रास्ट्रिय माध्यमिक बिधालय गोदाहनाको बिधालय ब्यवस्थापन समितिको निर्वाचनमा निर्वाचित सदस्यहरुको बैठक बोलाई एमाले र माओवादीको एक एक जना मनोनित गरेपछि मात्र समितिलाई अनुमोदन गर्ने भन्ने उर्दी दिएको घट्नाप्रति कांग्रेस गाउँपालिकाले ध्यानाकर्षण भएको जनाउदै सोमबार गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो ।
कांग्रेसले खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ललाई ज्ञापनपत्र बुझाएको छ । उर्दीका क्रममा प्रमुखले समितिलाई बदर गरिदिन्छु भनेर धम्की दिएको महिला सदस्यले बताएका छन् ।
धम्कीको महिला सदस्यहरुले बिरोध गर्दा तिमी मधेशीहरु अनपढ गवारहरुलाई केही नियम कानुन जानकारी छैन कति पढेछौ खै शैक्षिक प्रमाणपत्र देखाउ भन्ने असभ्य भाषाको प्रयोग गर्दा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लसंग महिलाहरुले जवाफ मागेको महिला सदस्य नन्की यादवले बताउनुभयो ।
शिक्षा नियमावलीको प्रक्रिया पुर्याई निर्वाचित सदस्यहरुले माघ १८ गते सर्वसहमत अनुसार २ जनालाई मनोनित गरिएको तर आफ्नो पदको दुरुपयोग गरि एउटा कर्मचारी भएर पार्टीको कार्यकर्ता जस्तो पार्टीको लागि भाग खोज्ने महिला सदस्यहरुलाई जातिय विभेद गर्ने असभ्य भाषा प्रयोग गर्ने शिक्षा शाखा प्रमुख मल्लको यस कार्यप्रति हाम्रो ध्यानाकर्षण भएको छ । ज्ञापनपत्रमा उल्लेख छ ।
यस्ता कार्यशैलीप्रति समयमै ध्यान पुरयाउन ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेस खजुरा गाउँपालिका सभापति रमेश कुमार सिजालीले बताउनुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा बोल्दै मो.नकि खाँले शाखा प्रमुख मल्ल राजनीतिक व्यक्ति भएको या कर्मचारी हुन ? कर्मचारी भए एमालेको मान्छेलाई मनोनीत गर्नुस भनेर किन प्रस्ताव राखे ? जस्ता प्रश्न गर्नुभयो ।
केही महिना अगाडी खजुरा ५ रजनवामा रहेको बिधालयका अभिभावकलाई पनि शाखा प्रमुख मल्लले देशी मधेशी अनपढ गवार जस्तो असभ्य शब्दहरु प्रयोग गरेको जनाइएको छ ।
अहिले आएर फेरि महिला सदस्यहरुलाई त्यस्तै शब्द प्रयोग र रनियापुरमा रहेको बिधालय ब्यवस्थापन समितिलाई बिगतको समितिको बक्यौता राखेको ६ लाख रकम तिर्ने निर्णय गरेमात्र आफुले नयाँ खाता खोल्नको लागि सिफारिस दिने भन्दै धम्कि दिदै आउनुभएको आरोप लगाइएको छ ।
१८ गतेसम्म हस्तक्षेप रोकिएन र भईरहेको बिबादको समाधान भएन भने पार्टीले आन्दोलन गर्ने जनाएको छ ।





