
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले बिहीबार मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको हो ।
शाहीले प्रदेश प्रमुख तिलक परियारसामु नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको हो ।
केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।





