व्यवसायीले लगाए बैंकका शाखा कार्यालयमा ताला

धनगढी । कैलालीका उद्योगी व्यवसायीले धनगढीका बैंक शाखाहरुमा तालाबन्दी गरेका छन् ।

बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दी गरेका हुन् ।

बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, बचत, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएका छन् ।

उद्योगी व्यवसायीहरुले ‘व्यवसायीमाथिको आतंक बन्द गर’, ‘बैङ्कको ब्याजदरमा एकरूपता कायम गर’, ‘व्यवसायीमाथिको व्यापार बन्द गर’ लगायतका नाराहरू लगाउँदै आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।

कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले व्यवसायीहरु मर्कामा परेर आन्दोलित भएपनि राष्ट्र बैंक ब्याजदर घटाउने विषयमा मौन बसेको बताउनुभयो ।

Previous articleकर्णाली सरकारलाई दिएको समर्थन राप्रपाद्वारा फिर्ता
Next articleसाथीलाई युगान्डाबाट काठमाडौं बोलाएर यौन व्यवसायमा लगाइन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here