
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन २४ घण्टाभित्र नगरे परीक्षण स्वीकृति खारेज गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले ८ वटा निजी प्रयोगशालालाई मूल्य समायोजन नगरे पीसीआर टेष्टका लागि दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने जाएको छ ।
सरकारले भदौ २८ बाट आरटी पीसीआर टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको तर निजी प्रयोगशालाले संयुक्त रुपमा ३८९९ रुपैयाँ शूल्क तोकेका छन् ।
हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, स्टार अस्पताल, मेडिसिटी अस्पताल लगायत ८ वटाले संयुक्त रुपमा ३८९९ रुपैयाँ शूल्क तोकेका हुन् । गुणस्तर मापन तथा नियमन महाशाखाले तोकिएभन्दा बढी शुल्क लिइएको प्रतिवेदनमा बुझाएको छ ।





