बर्दियामा २३ प्रहरी संक्रमित, बुधबार तीन जनामा संक्रमण पुष्टि

बर्दिया । बुधबार जिल्लामा थप तीन प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको ९५ जनाको परीक्षणमा ३ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय बर्दियाका २० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

बर्दियामा हालसम्म प्रहरी संक्रमितको संख्या २३ पुगेको छ । संक्रमित प्रहरीहरु आइसोलेसनमा बसिरहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख लिलाधर अधिकारीले बताउनुभयो ।

Previous articleनिजी प्रयोगशालाको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम
Next articleनेपाल तरुण दल नेपालगञ्ज सभापति शन्दिप जंग शाह रिहा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here