बाँकेमा आजदेखि होली शुरु (फोटो फिचर)

नेपालगञ्ज । बाँकेमा फागु पूर्णिमा अर्थात होली पर्व शुरु भएको छ । फागु पुर्णिमा यही सोमबार (भोलि) र मंगलबार (पर्सि) भएपनि बाँकेमा आजैदेखि होली पर्व शुरु भएको हो ।

कतिपय साथीभाई, इष्टमित्रसंग आजदेखि नै छुट्टिनुपर्ने भएकाले होली खेलिन थालिएको छ । हुनत हिन्दु समुदायमा होली आउन एक महिना बाँकी रहँदा देखि नै होली मनाउन शुरु भइसकेको हुन्छ ।

हिन्दु समुदाय (खासगरी मधेशी समुदाय) होलीको एक महिनाअगावै बिहे, जन्ती, न्वारन, मुण्डन लगायत संस्कार परेकाबेला मजाक गर्ने (भिनाजु, साली, देवर भाउजु, सोल्टी सोल्टीना जस्ता) नाता रहेकाहरुलाई रंग तथा अबिर लगाएर खेल्ने गरिन्छ ।

आजदेखि बिभिन्न बिद्यालय, क्याम्पसहरुमा होली मनाउन शुरु गरिएको छ । बिद्यालयका कतिपय साथीहरु आआफ्नो घर जाने हुँदा आजदेखि भेट नहुने भएकाले पनि बिद्यालयमै होली खेल्न थालिएको हो ।

नेपालगञ्ज रानी तलाउ नजिकै रहेको श्री चन्द्र मेवालाल बिद्यालयमा प्लस टु का बिद्यार्थीहरुले खेलेको होली

Previous articleनेबिसंघबाट महेन्द्र क्याम्पसमा प्रकाश कुँवरको चर्चा
Next articleनेपाली कांग्रेस बाँकेले चैत्र ११ गते जिल्ला सम्मेलन गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here