नेपाली कांग्रेस बाँकेले चैत्र ११ गते जिल्ला सम्मेलन गर्दै

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा आज बसेको जिल्ला कार्य समितिको नवौं बैठकले चैत ११ गते नेपालगञ्जमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको प्रबक्ता डिल्ली गिरीले बताउनुभयो ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बसेको बैठकले आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन सबै पार्टी पंक्ति एकताबद्ध भएर लाग्ने निर्णय पनि गरेको छ । बाँकेका पाँच वटा क्याम्पसमा हुने स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन सबै प्रतिबद्ध भएर लाग्ने निर्णय गरिएको गिरीले जानकारी दिनुभयो ।

बैठकले होली पर्व र अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना पनि व्यक्त गरेको छ । बैठकपछि सभापति गौडेलले शुभकामना सन्देश जारी गर्दै होली पर्वले सबै जिल्लाबासीहरुमा खुसीको रंगहरु छर्दै नयाँ उमंग र सद्भाव बृद्धि गर्न प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण महिलाहरुलाई शुभकामना दिँदै उहाँले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध एकजुट हुने प्रेरणा मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।

Previous articleबाँकेमा आजदेखि होली शुरु (फोटो फिचर)
Next articleहत्या गरी फरार डुडुवाका गरिबे २० वर्षपछि पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here