हत्या गरी फरार डुडुवाका गरिबे २० वर्षपछि पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले २० बर्ष अघि हत्या गरेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

२०५९ फागुन ४ गते गते बाँकेको साबिक फत्तेपुर गाविस वडा नम्बर १ नन्कौपुर गाउँस्थित उत्तर जङ्गलमा मोहरमली साईको हत्या गरि खाडल खनेर गाडेर फरार भएका बाँकेको साविक होलिया गाविस वडा नं-९ का ५५ वर्षीय गरिबे भने गरिब बेहनालाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको हो ।

हाल डुडुवा गाउँपालिका वडा नं-१ खडैचाका बेहनालाई ईलाका प्रहरी कार्यालय भगवानपुर र प्रहरी चौकी खडैचाबाट खटिएको टोलीले शनिबार राती पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयले पक्राउ परेका गरिबेलाई हिरासतमा लिएर आबश्यक अनुसन्धान शुरु गरिएको छ ।

Previous articleनेपाली कांग्रेस बाँकेले चैत्र ११ गते जिल्ला सम्मेलन गर्दै
Next articleनेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिका खोज्न शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here